अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

कलाकार टिका पहारी सन्तानलाई आमा बाबुको महत्व बुझाउँदै (भिडियो)

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ६:४८ मा प्रकाशित

 

छोराछोरी जन्मेपछि बाबुआमाका सपनाहरु अनेक थरि हुन्छन् । छोराछोरी हुर्काउन गरेका कष्ट र उनिहरुकामाथीको ममताले आफ्नो जीवनका यावत् रहरहरु भुल्दै जान्छन बाबुआमा र सन्तानकै रहर अनुकुल चल्ल चाल्छन् तर जव सन्तान ठुलो हुन्छन् उनिहरुले आफ्ना बा आमालाई काम नलाग्ने मान्छे सम्झन थाल्छन् । यहि पिडामा रहेर एउटा बृद्ध बाबुको सन्देश बोकेको गीत भर्खरै सार्वजनिक भएको छ।

डा भोला रिजालको शब्द र विपी वाग्लेको संगीत र स्वरमा रहेको म छाहारी हुँ तिम्रो ठुटो रुख होईन बोलको गीतमा बरिष्ठ कलाकार टिका पहारीलाई प्रस्तुत गरिएको छ । सन्तानको मायामा एउटा पिताले अर्पेको जीवन र त्यहि पिता बृद्ध अवस्थामा पुगेपछि छोराको बालापन र आजको दिन सम्झेर कस्तो महशुष गर्छ भन्ने भाव बोकेको यस गीतमा अनुभव रेग्मी, सरिता गिरी र सन्दीप श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोलाई नविन भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया