अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

कलाकार जीतु नेपालले सार्वजनिक गरे आफ्नो २१ बुँदे फेसबुक घोषणापत्र

बिआरटीनेपाल २०७४ कार्तिक २० गते २:०३ मा प्रकाशित

देश चुनावमय भै रहेको बेला नेपाली कलाकारिता क्षेत्रको हाँस्य बिधामा आफ्नो छवि स्थापित गरेका कलाकार जितु नेपालले पनि आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् । राजनितीक कर्मीले बिभिन्न प्रतिवद्धता र योजनाबारे आफ्नो घोषणा पत्र जारी गर्दै गर्दा कलाकार जीतु नेपालले भने आफ्नो फेसबुक घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

२०३२ असार १ गते सिन्धुपाल्चोकमा जन्मेका कलाकार जीतु नेपालले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका छन् । ‘मुन्द्रे’ नामले परिचित जीतुको सार्वजनिक २१ बुँदे फेसबुक घोषणा पत्रमा सेल्फिवाला देखी फेसबुककै कारण घरपरिवारलाई समय नदिनेहरु माथी प्रहार गरिएको छ ।

यस्तो छ जीतुको २१ बुँदे घोषणापत्र:

 

१-जीवनका महत्त्वपूर्ण समयलाई २४ सै घण्टा घोप्टो मुन्टो लगायर मेबाईलमात्रै हेरेर चॉडै ऑखाको दृष्टि गुमाउन तिर नलाग्ने ।

२- फेसबुक चलाउने समय निर्धारण गर्ने ।

३- साथीभाई सँग बस्दा गफगाफमा ध्यान दिने घोप्टो मुन्टो लायर को आको को गाको थाहै नहुने गरी नझुन्डिने ।

४- कुनै कार्यलय, होटेल रेष्टुरेन्टमा गयर सब भन्दा पहिला बाइ- फाईको पासवर्ड नमाग्ने ।

५- घरभित्र प्रवेश गरेपछि परिवारलाई समय दिने ।

६- अरूलाई अनावश्यक म्यासेज न पठाउने, र यो सेर गर्देउ र उ सेर गर्देउ भनेर दु:ख नदिने ।

७- यो म्यासेज तपॉईले पढेर कम्तीमा पनि २५/३० जनालाई पठॉउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै डिलीट गर्ने ।

८- समय सान्दर्भिक, बेला बेलामा आफ्ना कुरा लेख्ने अनावश्यक कुरा लेखेर गाली खानी कॉम नगर्ने ।

९- अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर बिद्वान हुन न खोज्ने ।

१०- अति नै सान्दर्भिक , सन्देश र चेतना मूलक कुराहरू बाहेक घरी घरी जे पायो त्यही सेर न गर्ने ।

११- बिहॉन ६ बजै नै उठेर ओछ्यामै स्टाटसलेखेर प्रवचन नदिने ।

१२- अरूलाई गाली गरेर आफू सज्जन बन्न न खोज्ने।

१३- आफ्ना फ्रेण्ड शुभ चिन्तक फलोअर्सहरूलाई भ्यायसम्म जन्मदिन लगायतका सुभकार्यमा sms र कमेन्ट मार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने ।

१४- खाना खाको,पेट दुखेको ,निन्द्रा न लागेको,बुढिसंग झगडा परेको,दिक्क भएको वाक्कलागेका कुरा राखेर अरूलाई दिक्क न पार्ने।

१५-मान्छे मरेका, बिरामी भयका, दुर्घटनामा परेका हरूका फोटो लाईक नगर्ने कमेन्टमा दुख व्यक्त गर्ने ।

१६-मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्यायको, मासु पकाउदै गरेको रक्सी खॉदै गरेका फोटोलाई, लाईक र कमेन्ट केही न गर्ने।

१७- जो सँग पनि भेट्यो कि धुतुनो चुच्चो पारेर सेल्फि खिचेर राखी न हाल्ने ।

१८-ओछ्यानमा पल्टियर फेसबुक चलायर १२/१ बजे सुतेर बिहॉन ९/१० बजे उठेर ब्यूउझने बित्तिकै फेरी मोबाइल समातेरै ट्वाईलेट नजाने ।

१९- धेरै कुरामा जान्ने सुन्ने भयर हर कुराको विश्लेषक नबन्ने ।

२०- राजनीतिक कुरामा खासै ध्यान न दिने ।

२१- सकिन्छ आफ्नै व्यक्तिगत सहयोग गर्ने र त्यसको जानकारी सम्म दिने,तर अरू सँग पैसा मागेर अरूलाई नै सहयोग गरेको फोटो राखेर धेरै ठुलो समाज सेवीको पहिचान बनाउन नखोज्ने।

प्रतिक्रिया