अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

राष्ट्रवादी वैकल्पिक गठबन्धनको १३ पेज लामो घोषणापत्रः जननिर्वाचित राष्ट्राध्यक्ष, सनातन हिन्दूराष्ट्र

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ५:०५ मा प्रकाशित
राष्ट्रवादी वैकल्पिक गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपालवाद, नेपालीतन्त्र, नेपाली राष्ट्रवाद’ लाई मूल मन्त्र बनाएको संघ र प्रदेश सभा सदस्यको लागि एउटै चुनाव चिन्हमा उम्मेदवारी दिएको छ ।  विभिन्न साना दल मिलेर बनेको गठबन्धनले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
गठबन्धनमा ३३ दलिय मोर्चा, हाम्रो पार्टी नेपाल, संघीय विकास पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, आम आद्मी पार्टीलगायत २५ पार्टीहरु गठबन्धनमा सहभागी छन् ।
२८ बुँदाको १३ पेज लामो घोषणापत्रमा सनातन हिन्दूराष्ट्र र ननिर्वाचित राष्ट्राध्यक्षलाई चुनावी एजेण्टा बनाएको छ । त्यसैगरी घोषणापत्रमा राज्य–सत्ता धर्ममा निरपेक्ष हुनु पर्ने उल्लेख छ ।
गठबन्धनले नेपालवाद’लाई दर्शन–सिद्धान्तमा आधारित नेपाली मौलिक ‘नेपालीतन्त्रात्मक’ राज्य–व्यवस्थाको निर्माण, सञ्चालन, विकास र सुदृढीकरण गर्दै, ‘नेपाली राष्ट्रवाद’लाई विस्तार र सवलीकृत गरिने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी गठबन्धनले समानतामूलक समावेशीको आधारमा ‘जननिर्वाचित राष्ट्राध्यक्ष’ शासकीय स्वरुप बनाउँदै एक सदनात्मक थोरै संख्याको सानो आकारको ‘राष्ट्रिय जनप्रतिनिधि सभा’ को कल्पना  घोषणापत्रमा गरिएको छ ।
पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक गोरख बिसीले देशभक्तिको लागि सबै नेपाली एक हुन आह्वान गरे । उनले ठूलो दलहरुले राम्रा नारा दिने तर विदेशीको गुलामी गर्न पुगेका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए ।
गठबन्धनको एक घटक ३३ दलीय मोर्चाका संयोजक सोभराज थापाले वैकल्पिक शक्ति निर्माणको लागि चुनावमा जान लागेको बताए । ठूला दलको गैरराजनीतिक र सत्ता स्वार्थका कारण देश फिजिकरणमा अगाडि बढेको बताउँदै थापाले भने,  “वाम र लोकतान्त्रिक गठबन्धन बाह्य शक्तिले निर्माण गरिदिएको छ । उनीहरुको चाहना नेपाललाई उपनिवेश बनाउने उद्देश्य छ, त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो ।” उनले हिन्दू राष्ट्र नेपालको पहिचान भएको समेत बताए ।
कार्यक्रममा आम आद्मी पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको परनिर्भरताका कारण राष्ट्रवादी गठबन्धनको विजारोपण भएको बताए । “ठूला भनिएका दलहरुले चुनावमा मात्र जनता चाहिन्छ, चुनाव जितेपछि विदेशी शक्तिको सेवा गर्न थाल्छन्, चुनावको बेला रकेटका कुरा गर्छन, चुनाव सकिएपछि भ्रष्टाचारमा लिप्त हुन्छन्” पौडेलले भने । उनले ठूला दलले समावेशीका नाममा परिवार, पैसावाललाई भर्ती गर्ने गरेको आरोप लगाउँदै आफूहरुले सबै क्षेत्र, वर्ग, अशक्त, अपांगता भएका ब्यक्तिहरुलाई सहभागीता गराएको बताए ।
त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका अध्यक्ष जयवन्त विक्रम शाहले नेपालवाद र नेपालीतन्त्र र नेपाली राष्ट्रवादसहितका मौलिक राजनीतिक सिद्धान्तका आधारमा राष्ट्रवादी वैकल्पिक गठबन्धन निर्माण भएको जानकारी दिए । “हामी मौलिक सिद्धान्तका आधारमा अगाडि आएका छौं । ठूला भनिएका पार्टीजस्तो भन्ने एउटा र गर्ने अर्कै हामीबाट हुँदैन, हामी नीतिअनुसारको व्यवहार गर्छौं” शाहले भने । उनले आफूले अगाडि सारेको विचारले नेपालको राष्ट्रवादी आन्दोलनमा नयाँ आयम थप्ने दाबी गरे ।
हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ठूला दलहरुका कारण नेपालको अस्तित्व नै समाप्त हुने गरी वैदेशिक हस्तक्षेप बढेको बताए । “नेपालमाथिको वैदेशिक हस्तक्षेपबाट मुक्त गर्न हामीले ‘हराएको नेपाल खोजौं, लुकाइएको नेपाल खोसौं’ नाराका साथ जनतामा जाँदैछौं” बोहोराले भने । उनले काँग्रेस, एमाले र माओवादी केन्द्रको नीतिका कारण नेपालको सार्वभौमसत्ता दिल्लीको हातमा रहेको दाबी गरे ।
गोलाकारभित्रको षट्कोण चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेको गठबन्धनले संघ र प्रदेश गरी २२० भन्दा समानुपातिक र ४५ जना प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाएको संयोजक बिसीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गठबन्धनले लक्ष्मी भट्टलाई उम्मेदवार बनाएको छ । त्यसैगरी एमाले अध्यक्ष केपी ओलीविरुद्ध पनि गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।
कार्यक्रमको संचालन गठबन्धनका नेता केशव बहादुर बमले गरेका थिए ।

यस्तो छ चुनावी घोषणपत्रः 

राष्ट्रवादी वैकल्पिक गठबन्धनको घोषणापत्र
नेपालवाद ! नेपालीतन्त्र !! नेपाली राष्ट्रवाद !!!
संसारभरका नेपालीहरु एक हौँ र एकजुट होऔँ !
नेपाललाई, एकिकृत, सुन्दर, शान्त, विशाल, सुरक्षित, सुव्यवस्थित, सुशासित, स्वतन्त्र, स्वाधिन, स्वावलम्बी, आत्मनिर्भर, समृद्धशाली, विकसित, शक्तिशाली र विश्व कै उदाहरणीय नेपाली तन्त्रात्मक राष्ट्र बनाऔँ ।
“देशभक्तिको नाराले नेपाल बचाऔँ  नेपाली साराले”राष्ट्रवादी वैकल्पिक गठबन्धनको प्रतिबद्धता पत्र !
आदरणीय मुमा–बुवा, दाजू–भाई तथा दिदी–बहिनीहरु !
यहि २०७४ मंसिर १० र २१ गतेका दिन हुन लागेको संधीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी, दुवै तर्फ हाम्रो राष्ट्र भक्त मोर्चा “राष्ट्रवादी वैकल्पिक गठबन्धन” ले भाग लिंदैछ । हामी कर्मनिष्ठ, जनमुखी, निष्कलंक, ईमान्दार, सृजनात्मक, विवेकशील र नेपालभक्त अग्रगामी उम्मेद्वारहरु नेपाल र नेपालीको निस्वार्थ सेवा गर्न गम्भीर जिम्मेवारीका साथ मैदानमा उत्रेका छौँ ।  यस महान प्रकृयामा हजुरहरुको अमूल्य मतसहित सवै प्रकारले खराब र पुराना भई सकेका चिन्तन,शैली, वोली, व्यवहार, संस्कार, राजनीतिक दल, संसद, सरकार र कैयन ऐन–कानून नीति तथा विचारधाराहरुका विकल्पमा असल र नयाँ  चिन्तन वोली, शैली, व्यवहार र संस्कार भएका राजनीतिक दल, संसद, सरकार र ऐन कानून–नीति–नियमहरु निर्माण गरी, सञ्चालन, संरक्षण, संम्वद्र्धन, प्रवद्र्धन र विकास गर्न–गराउन तथा विद्यमान संविधानमा अपुग भएका व्यवस्थाहरु लिपीवद्ध पूर्ण प्रबन्ध गर्न–गराउन अपरिहार्य भएकोले, यस गठबन्धनका हामी असल अनुशासित राष्ट्र सेवकहरुले नेपालको राष्ट्रिय भू–अखण्डताको रक्षा, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान,  राष्ट्रिय सद्भाव, मेलमिलाप, भाईचारालाई विशेष जोड् दिदै नेपाल र नेपालीहरुको पुनः एकीकरण तथा समृृद्धि–समुन्नति–विकासका लागि अधिकतम प्रयत्न र संघर्षहरु गरिरहने वाचा गर्दछौँ । अबको चुनावमा हजुरहरुले हामी नयाँ दर्शनयुक्त उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले जिताउनु भएमा, “भ्रष्टाचार मुक्त सुस्वशासनको आधारमा आघारमा विश्वको वैदिक सनातन हिन्दुराष्ट्र पूनः स्थापनासहित हजुरहरुकै सर्वाेत्तम हक–हित तथा सर्वाङ्गीण कल्याणका लागि पूर्ण तवरले समर्पित भई इमान्दारी पूर्वक हजुरहरुको सेवाका कामहरु पुरा गर्ने प्रतिबद्धता पक्ष धोषण–पत्र मार्फत जनाउँदछौँ । यस गठबन्धनको आधारभूत नीतिहरु देहाय बमोजिम राखेका छन् ।
१. भौगोलिक राष्ट्रियता ः– राष्ट्रप्रेम–भक्ति भावनाद्वारा नेपालका गुमेका भू–भागहरु नेपालले फिर्ता लिँदै,नेपाल र नेपालीहरुको पुनः एकीकरण गरिनेछ । नेपाली  ल्च्ल् बाहेक दोहोरो नागरिकतावालालाई छानविन गरी–गराई नक्कलीलाई कडा कारवाही गरी–गराई, सरकारी पदीय जिम्मेवारी नदिने प्रवन्ध गरिनछे र गराइनेछ । स्वदेशी र विदेशीबीच स्पष्ट परिचयपत्रको व्यवस्थापन र नियमन गरिनेछ र गराइनेछ । नेपाली सिमानाहरुको न्यायसङ्गती सिमाङ्कन, व्यवस्थापन र नियमन कडाईका साथ  गरिनेछ । कुनै पनि किसिमका अङ्गीकृत नागरिकतालाई राजनीतिक रुपमा हल गरिने छ ।
२. राष्ट्र र राज्य ः– नेपालदेश “सनातन हिन्दु राष्ट्र” भई, राज्य–सत्ता निरपेक्ष रहि , “सर्व धर्म–जाति सह–सद्भावको व्यवहार” गर्नेछ र गराईनेछ ।  “विविधतामय राष्ट्रिय आत्मीय एकता” कायम गरिनेछ र गराइनेछ ।
३. मार्ग दर्शन सिद्धान्त ः– “नेपालवाद”को दर्शन–सिद्धान्तमा आधारित नेपाली मौलिक “नेपालीतन्त्रात्मक” राज्य–व्यवस्थाको निर्माण, सञ्चालन, विकास र सुदृढीकरण गर्दै, “नेपाली राष्ट्रवाद”लाई विस्तार र सवलीकृत गरिनेछ–गराइनेछ ।
४. शासकीय स्वरुपः–
(क) समानतामूलक समावेशीको आधारमा “जननिर्वाचित राष्ट्राध्यक्ष” सहितकै एक सदनात्मक थोरै संख्याको सानो आकारको “राष्ट्रिय जनप्रतिनिधि सभा” को निर्माण र सञ्चालन गरिनेछ–गराइनेछ ।
(ख) राष्ट्राध्यक्षसहित थोरै संख्या सानो आकारको गैर संसदीय मन्त्रिमण्डलको प्रबन्ध र सञ्चालन गरिनेछ–गराइनेछ ।
(ग) “स्वायत्तताभित्रको स्वायत्तता र पहिचानभित्रको पहिचानसहितको समान समावेशी सहभागिता तथा सत्ता–शक्ति र अधिकारको विकेन्द्रीकृत, पृथकीकरण, नियन्त्रण, सन्तुलन एवं जनमत अनुसार” को मूल नीतिगत आधारमा नेपाली धरातलीय यथार्थताको सापेक्षतामा, न्यायसङ्गत–समानतायुक्त भू–राजनीतिक स्वरुप–संरचनाहरुको निर्माण–विकास गरिनेछ–गराइनेछ ।
(घ) दलीय समानुपातिक एकद्वार निर्वाचन प्रणाली र निर्वाचन प्रचार सम्बन्धि सम्पूर्ण सञ्चार माध्यमहरुको खर्च–व्यवस्था सरकारद्वारा व्यहोर्ने प्रबन्ध गरिनेछ–गराइनेछ ।
(ङ) संवैधानिक–कानूनी राज्य शासनलाई विशेष जोड दिई, हिमाल, पहाड, तराई (मघेश) लाई विनाभेदभाव समान समावेशी सदभाविता मूलक बनाइनेछ ।
५. विकास ः– “१८ वर्षीय राष्ट्रिय एकीकृत, सन्तुलित, बृहत्त विकास अभियान” आम जनसहभागितामा जोडदार, चलायमान र प्रभावकारी ढङ्गले कार्यान्वयन गरी–गराई प्रथम छ वर्षे चरणमा आम नेपाली जनताको “न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै, न्यूनतम भौतिक पूर्वाधारहरु निर्माण गरि सक्ने”, दोस्रो ६ वर्षे चरणमा “मध्यम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै, मध्यम आधारभूत भौतिक पूर्वाधारहरु निर्माण गरि सक्ने” र तेस्रो ६ वर्षे चरणमा “आधारभूत आवश्यकताहरु  परिपूर्ति गर्दै, आधुनिक विकासकर पूर्वाधारहरु निर्माण गरि सक्ने” नीतिगत र व्यवहारिक कामहरु सर्वपाक्षीय तथा सर्व क्षेत्रीय तह–तप्काहरुमा गरिनेछन् र गराइने छन् ।
 ६. उद्योग–वाणिज्य ः– पुराना विस्थापित वा बन्द वा रुग्ण उद्योग–वाणिज्य संस्थाहरुलाई पुनः स्थापना र सञ्चालन गर्दै, सवै राष्ट्रिय परियोजनाहरुमा जनताको लगानी, स्वामित्व र अपनत्व कायम गरिनेछ र गराइनेछ । पर्यावरणीय मैत्री उद्योग–धन्दाको विकास गर्न उद्यमी–व्यवसायीहरुलाई प्रोत्साहित गरिनेछ । सवै उद्योग वाणिज्य पेशा– व्यवसायहरु “१८ वर्षे राष्ट्रिय विकास अभियान” अनुसारै गरिनेछन् र गराइने छन् ।
७. पर्यटन ः– नेपालमा ऐतिहासिक (पुरातात्विक), धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, जल र साहसिक पर्यटन उद्यम पेशा–व्यवसायहरुको अभिवृद्धि, प्रोत्साहन, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन, विकास, अध्ययन र अनुसन्धानमूलक सबै विधाहरुलाई नेपाली मौलिकताको आधारमा अघि बढाई, नेपाली नागरिकको जीवनस्तरलाई माथि उठाइने छ । पर्यटकीय उद्योगलाई नेपालको आर्थिक समृद्धिको एउटा मूख्य पक्ष बनाई, अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको सर्वपक्षीय पहिचानलाई समुन्नत तुल्याईनेछ ।
८. अर्थ ः–“नेपाली राष्ट्रवादी प्रगतिशालि मुद्रा–अर्थतन्त्र”को नयाँ नीति कार्यान्वयन गरिनेछ । राष्ट्रिय उद्योगपति, पुजीपति, उद्यमशील व्यक्ति र समूहहरुलाई निजी,  साझा–सहकारी, सामुदायिक र सामाजिक नयाँ राष्ट्रिय उद्यम प्रणालीमा आवद्ध गरी–गराई, भ्रष्टाचार–शोषणरहित नयाँ तिव्र विकास पद्धति अवलम्बन गर्दै, द्रुत्ततर आर्थिक समृद्धि तर्फ नेपाल र नेपालीलाई लम्काइनेछ । “नेपाली मुद्रा–अर्थतन्त्र” स्वतन्त्र, स्वाधीन, स्वावलम्बी आत्मनिर्भर र नेपाली धरातलीय मौलिकपनको हुनेछ । स्वरोजगार र रोजगारीको तिव्र उपलब्धता र प्रगतिका लागि “एक व्यक्ति एक स्वरोजगार÷रोजगार” को प्रबन्धलाई द्रुत्ततापूर्वक कार्यान्वयन गरिनेछ–गराइनेछ । राज्यको समाजपुजीवादी अर्थनितीलाई अवलम्बन गरिनेछ ।
९. भू–अर्थ  ः– “४–ज–” को सिद्धान्त अनुसार “जल, जमिन, जङ्गल र जनशक्ति” को एकीकृत “राष्ट्रिय भू–अर्थनीति, योजना र कार्यक्रम”हरुलाई प्रभावकारी कार्यान्वयन गरी–गराई,“–४–ज” को नयाँ विकास प्रणाली अवलम्बन गरिनेछ र गराइनेछ । नयाँ भू–व्यवस्था, सुधार, वितरण, उपभोग र प्रगतिलाई “कृषकमूखी संस्कृति र उत्पादन एवं निर्यातमुखी कृषि रणनीति” मा आधारित “राष्ट्रवादी प्रगतिशील भू–अर्थनीति”को विकास, संरक्षण, संबद्र्धन, प्रवद्र्धन र सुदृढीकरण गरिनेछ र गराइनेछ । नेपाली भौगोलिक क्षेत्र र मौसमनानुसार “राष्ट्रवादी प्रगतिशील, कृषि, शिक्षा र कृषि कार्य परियोजना”हरुलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेछ–गराइनेछ ।
“भू–जन–कृषि–अर्थ सम्बन्ध” लाई“माटोको माया गरौँ, माटोलाई खेर नफालौँ । माटोले लिन्छ, माटोले दिन्छ र समृद्धशाली बनाउँछ” भन्ने नारालाई आत्मसात गर्दै, “भू–जन–कृषि–अर्थ–सम्बन्ध” लाई सामाजिक–पुजीवादीकरण गर्दै, भूमि वितरण र उपयोगलाई मानवता र न्यायसङ्गत समानताको आधारमा प्रयोग गरी आधुनिक, वैज्ञानिक–व्यवसायीकीकरण, औद्योगिकीकरण गर्दै, भू–कृषि स्वरोजगार र रोजगारलाई बढाइनेछ । सबै किसानहरुलाई कृषि बिमा प्रबन्धमा आवद्ध गरी–गराई, निजहरुका आवश्यक सबै हक–अधिकार, सुअवसर, सेवा, सुविधा र सहुलियतहरु प्रत्याभूतिका साथ प्रदान गरिनेछ र गराइनेछ । “जल, जमिन, जंगल र जनशक्ति”को वैज्ञानिक संयोजित “१८ वर्षे राष्ट्रिय विकास अभियान” तिव्र गतिमा अघि बढाइनेछ । जलसग सम्बन्धित, सिँचाई, उर्जा, यातायात, पिउने पानी, वातावरण पर्यटनलाई विकसित तुल्याईनेछ ।
१०. मोही, गुठी  तथा सुकुम्वासी ः– “जसको जोत–भोग उसकै स्वामित्व र पोत” को नितिलाई कडाईकासाथ कार्यान्वयन गर्दै–गराउँदै, भुमिहीनहरुलाई आवास र स्वरोजगारा÷रोजगार, पुराना सुकुम्वासी, अव्यवस्थित वसोवासी, गुठीवाला  र मोहीहरुलाई निजहरुले जोत–भोग गरेका पुरा नापी गरी जग्गा घर–जग्गा धनी प्रमाण पूर्जा” अविलम्ब उपलब्ध गरिनेछ गराइनेछ गलत ढंगले प्रचलन रहेका  “भू–माफिया” हरुलाई कडा कानूनी कारवाही गरिनेछ–गराइनेछ । जग्गा खाली राख्न नपाइने योजना सहित कडा प्रबन्ध गरिनेछ–गराइनेछ । सर्वहारा–गरिब, मजदुर र निर्माणमजदुर अपाङ्ग र होचा–पुडका, र असहाय, अनाथ, दुर्बल, एकल महिला, एकल पुरुष, तेस्रो लिङ्गी, द्वन्द पीडित, शहीद वेपत्ता, घाइते र श्रम जिवि पत्राकार, श्रम जिवि कलाकार र समूह भित्र पर्ने सबैका लागि सर्वसुलभ र सस्तो दरमा “राशन–कार्ड” सहित “गाँस, बास–कपास” पाउने सुनिश्चित व्यवस्था गरिनेछ–गराइनेछ । “भूमिहिन–घर–रोजगार विहीनहरुलाई” दैनिक काम गरी जीवीका निर्वाह गर्नेहरुको समेत उचित ज्यादा व्यवस्था  गरिने  आवश्यकता अनुसार शिघ्र स्वरोजगार÷ रोजगार गाँस, बास, कपासको प्रारम्भिक अनिवार्य करहरुलाई विशेष जोड दिई, कार्यक्रमहरु अघि बढाइने छन् । सवै खाले मजदुर र किसानहरु सम्पूर्ण हकहित–अधिकार  तथा सेवा, सुविधा, सहुलियत र अवसर प्राप्तिका लागि सुभम कल्यायकारी कामहरु गरिनेछन् र गराईनेछन् ।
११. शिक्षा ः–“रोजगार–व्यवसाय–शीपमूलक, उत्पादन मुखी, प्राविधिक, वैज्ञानिक, जनमुखी र राष्ट्रवादी नैतिक नागरिक शिक्षा” सवै नेपाली नागरिकलाई शिक्षा–विमासहित निःशुल्क र अनिवार्य उपलब्ध गरिनेछ र गराइनेछ । सवै सार्वजानिक पदधारणा गरेका तथा सरकारी कर्मचारीहरुले आफ्ना छोरा–छोरीहरुलाई १२ कक्षा सम्म अनिवार्य सरकारी शिक्षालयहरुमा पढाउनै पर्ने वाध्यकारी प्रबन्ध गरिनेछ र गराइनेछ । शैक्षिक क्षेत्रका विकृति, विंसगतीर शोषणयुक्त गतिविधिहरुलाई निर्मूल पारिनेछ । सरकारी आवासीय विद्यालयहरुको प्रबन्ध गरिनेछ र गराइनेछ ।
नेपाली नागरिक र आचार संहिता ः– नेपाल राष्ट्रलाई शान्ति समृद्धि र सुशासनमा र न्याय कानून र समताको राज्य स्थापनाको लागि १६ वर्ष पुगेका नेपाली जनहरु नेपालको नागरिकहरु हुन् । तीनीहरुलाई उच्च चरित्रवान, निष्ठा कर्मठ र यसता नागरिक तयार गर्न राज्यले नैतिकताको लगन, नागरिकता उच्च मानवीय स्वभावको तर्जुमा गर्न उचित, प्रशिक्षण, विचार गोष्ठी, अन्तक्रिया, वादविवाद वक्तृत्वको कलाको विकास गर्न असल नागरिकलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ ।
१२. स्वास्थ्य सवै नेपाली नागरिकलाई वैज्ञानिक, आधुनिक, भरपर्दाे, विश्वसनीय, सरल, सुलभ, अनिवायर्, निःशुल्क र विमासहितको स्वास्थ्य सेवाको प्रबन्ध गरी, सवै प्रणाली, तह र विषयका स्वास्थ्य निकायहरुलाई योग्य, असल, सक्षम, दक्ष जनशक्ति र स्रोत–साधन  सम्पन्न तुल्याई आम जनताको पहँुचमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा–सुविधा पु¥याइने छ । मातृ–शिशु, बाल–बालिका, बिकलाङ्ग, होचा–पुड्का, बृद्ध, अनाथ, निर्वल, एकल–महिला, पुरुष, तेस्रो लिङ्गी, शहीद द्वन्द्र पीडित परिवार तथा सर्वहारा–गरिब वर्ग मजदुरवर्ग र निर्माण मजदुर श्रम जीवी पत्रकार र श्रमजिवी कलाकारहरुको लागि छनैँ व्यवस्थापन गर्ने गराइनेछ । विशेषत ः सुत्केरी अवस्थाका महिलाहरुलाई चार महिनासम्म स्वास्थ्य उपचार भरण–पोषणको प्रत्याभूतियुक्त प्रबन्ध गरिनेछ–गराइनेछ । प्रत्येक जिल्लामा आकस्मिक–दुर्घटना उपचार अस्पतालहरु  र विशेष औषधोपचार गर्ने व्यवस्था गरिनेछ र गराइनेछ । गर्भावस्थादेखि १ वर्षको शिशु हुर्किनेसम्म सरकारद्वारा पूर्ण व्यवस्थापन गरिनेछ र गराइनेछ ।
१३. बालबालिका÷किशोर–किशोरी र युवा ः– बालबालिका, किशोर–किशोरी र युवाहरुको आत्मिक, मानसिक, बौद्धिक र शारीरिक सुस्वस्थ्यता, प्रगति, समृद्धि र चौतर्फी विकासका लागि” १८ वर्षीय एकीकृत राष्ट्रिय नीति योजना तथा कार्यक्रम”हरु कार्यान्वयन गर्दै, यस जनसमूहका सवैलाई उनीहरुका सवै खालका सु–स्वस्थ्यता  र उन्नतिका लागि हरेक विघाका खेलकूदहरुको व्यवस्था “नेपाली ऐतिहासिक, मौलिक, लोक र आधुनिक खेलकुद”हरुको संयोजन गर्दै, प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेछ र गराइनेछ । अनुसन्धान र उत्पादनमूलक क्रियाकलापहरुमा समावेशी सहभागिता गराई, विशिष्ठ युवा समुदाय तयार गरिनेछ ।
१४. सामाजिक ः– सबै खालका छाडापन, भ्रष्टाचार, दुराचार, अन्याय–अत्याचार, शोषण–फट्याँई, विकृति–विसंगती, कू–प्रचलन, विभेद, उत्पीडन, हिंसात्मक कुरा र कामहरुलाई  अविलम्ब निरुत्साहित तुल्याई, निर्मूल गरिनेछ र गराइनेछ । पवित्र, आधुनिक, विकसित, नेपाली मौलिकपनको सामाजिक सू–संस्कृतिलाई प्रोत्साहन दिई, प्रवद्र्धन गर्दै,  विकसित तुल्याइनेछ । पवित्रता, मानवता र न्यायसङ्गत समानताको  आधारमा सामाजिक तथा संाँस्कृतिक रुपमा प्रेम, मेलमिलाप, सह–सद्भाव र सहिष्णुता बढाउँदै, आत्मसम्मानको प्रत्याभूतिसहित “विविधतामय राष्ट्रिय आत्मीय एकता”कायम गरिनेछ र गराईनेछ । बिकलाङ्ग होचा–पुड्का, तेस्रो लिङ्गी, असहाय, अनाथ (ज्योष्ठ नागरिक) मजदुरहरु शहीद परिवार, द्वन्दपीडीत र घाईतेहरुको सर्वाेत्तमम कल्याणको लागि  विशेष राजकीय प्रबन्ध गरिनेछ ।
१५. आन्तरिक सम्बन्ध ः– नेपाल राज्यभरि रहेभएका सबै जातजाति, भाषा भाषी, धर्म–संस्कृति, वर्ग, पेशा–व्यवसाय, अपाङ्ग, होचा–पुड्का, लिङ्गि, अल्पसंख्यक– बहुसंख्यक र विभिन्न भू–क्षेत्र(मधेशी। पहाडी र हिमाली) का जनसख्यक बीच नेपाली ऐतिहासिक मौलिकतानुसार  प्रेम, मेलमिलाप, सह–सद्भाव, सहिष्तुताबाट सहकार्य सहित आपसी आत्मीय एकता दीगो र बलियो ढङ्गले स्थापित गरी, न्यायसङ्गत समानताको व्यवहार मुताविक अघि बढाइनेछ ।
१६. सञ्चार–यातायात ः– सञ्चार–यातायात जगतका विकृति–विसंगतिहरुलाई सच्चाई, सञ्चार–यातायात कर्मीहरुको जीविकोपार्जन, हक–अधिकार, सुअवसर, सेवा, सुविधा, सहुलियतहरुलाई प्रोत्साहनयुक्त प्रबन्ध गरिनेछ र गराइनेछ । सञ्चार–यातायात प्रणालीको न्याय संङ्गत वैज्ञानिक आधुनिक र सर्वसुलभ विकास गरिनेछ र गराइनेछ । सञ्चार–यातायात (सडक) हवाई, रेल, रोप–वे, विद्युतीय–डिजिटल, जलमार्ग) संचालनको व्यापक विस्तार गरीे, आम जनतालाई सञ्चार यातायातको सहुलियतपूर्ण सुविधा प्रदान गरी, भरपुर प्रगति गरिनेछ र गराइनेछ । पिछडिएको क्षेत्रहरुलाई पहिलो प्राथमिकता दिई, सञ्चार–यातायातका सबै प्रणाली , साधन, श्रोत तथा माध्यमहरुको विकास गरिनेछ–गराईनेछ । सबै सञ्चार–यातायातका परियोजनाहरुमा आम जनताको लगानी, स्वामित्व अपनत्व कायम गरिनेछ । श्रमजिवी पत्रकारहरुको हक–हितमा समग्र पूर्ण विशेष व्यवस्था गरिनेछ–गराइनेछ ।
१७. पर्यावरण ः– अशुद्ध हुँदै गएको वातावरणलाई स्वच्छ बनाउन हरसम्भव सवै प्रयासहरु जारी राखिनेछन् र आम जनतालाई यस बारे सचेत र प्रोत्साहित  तुल्याईनेछ ।
१८. न्याय ः– केन्द्रदेखि वडासम्म सर्व सुलभ, सस्तो शीध्र–सेवा प्रदायक न्यायालयको प्रबन्ध गरी सहिद द्वन्दपीडित परिवार र सर्वहारा–गरिब, असहाय, र सर्वहारा निर्माण मजदुर र श्रम जिवी पत्रकार र श्रम जिवी कलाकार र अनाथ, निर्वल, उत्पीडित, अपाङ्ग, होचा–पुडका, ज्येष्ठ नागरिक, र एकल–महिला, एकल पुरुष, तेस्रो लिङ्गीहरुलाई अति न्यूनतम शुल्कमा तथ्य–सत्यमा आधारित, वैज्ञानिक र आधुनिक न्याय सेवा प्रदान गरिनेछ र गराइनेछ । सबै अर्थ अनियमितताकारी, घुुसखोरी, ढंग फटाहा, तस्करी, आगजनीकारी, चोरी, गुण्डा, हत्या–हिंसाकारी, लुटाहा, डाँका, जनद्रोही र देशद्रोहीहरुलाई कठोर सश्रम–आजीवन कारावासको दण्ड–सजाय दिइनेछ र दिलाइनेछ । सवैधानिक कानूनी व्यवस्थाका मातहतमा जो पनि रहनु पर्ने वाध्यात्मक प्रबन्ध गरिनेछ ।
१९. घर–भाडा ः– घर जग्गा भाडा, क्रय–विक्रय, लेनदेनको भ्रष्टाचारी एवं अन्यायपूर्ण प्रचलनलाई सुधारी, न्यायसङ्गत, वैज्ञानिक र व्यवहारिक मानवीय व्यवस्था गर्नुका साथै सर्वहारा–गरिब जनताका लागि सरकारी आवासीय प्रबन्ध गरिनेछ र गराइनेछ ।
२०. स्वतन्त्रता–मानवाधिकार ः– मानवाधिकार र न्यायसङ्गत समानताको आधारमा पूर्ण  धार्मिक, सांँस्कृतिक, जातिगत, भाषिक वर्गगत, लैङ्गिक, सामाजिक, आर्थिक, पेशा–व्यवसायी, राजनीतिक, वाक–अभिव्यक्ति एवं प्रकाशन–प्रशारण स्वतन्त्रताको व्यवहार प्रत्याभूत गरिनेछ र गराइनेछ तर, कसैले कसैलाई लोभ, त्रास देखाई, बाध्य पारी, घर–दैलोमा गइर्, आफ्नो मत प्रसार गरी–गराई, कुनै पनि  आस्था परिवतन गर्न– गराउन पाइनेछैन ।  यदि गरेमा कडा कानूनी कारबाही गरिनेछ ।
२१. समावेशी सहभागिता ः– नागरिकका सवै धर्म, संस्कृति, जात–जाति भाषा–भाषी वर्ण,  वर्ग,  लिङ्ग, पेशा–व्यवसाय, अपाङ्ग,  होचा–पुड्का र विभिन्न मजदुर निर्माण, मजदुर र श्रम जिवी पत्रकार र श्रमजिवी कलाकाहरु तह–तप्का अल्पसंख्यक, बहुसंख्यक र म क्षेत्रका जनसमुदायहरुका जनप्रतिनिधिहरुलाई राज्यसत्ताका हरेक तहतप्का र ठाँउहरुमा न्यायसङ्गत  समानताको आधारमा समावेशी–सहभागिता गराइनेछ र विशेषतः सर्वहारादेखि गरिब वर्गभित्र पर्ने जो कोहिका साथै शहीद–द्वन्द्र पीडित र घाइतेहरु, अल्पसख्यक, उत्पीडित, उपेक्षित–विभेदित, पीछडिएका र शोषित–दलितहरुका निम्नमध्यम वर्गसम्मकाहरुलाई क्षतिपूर्ति स्वरुप पहिलो “१८ वर्षका लागि विशेष अग्राधिकार” सहित हरेक क्षेत्र र विघामा माथि उठ्ने र उठाउने, हक–अधिकार, सु–अवसर, सेवा, सुविधा र सहुलियतहरु प्रदान गरिनेछन् र गराइनेछन् ।
२२. निर्वाचन पद्धति ः– “गोप्य मत खुलादानयुक्त जनमत” को माध्यमद्वारा “दलीय समानुपातिक समावेशी” को आधारमा एकल प्रवेशद्वारा जननिर्वाचित पद्धतिअनुसार समान समावेशी सहभागिता गराइनेछ ।
२३. धार्मिक–सांँस्कृतिक ः सबै धार्मिक साँंस्कृतिक जनसमुदायहरुका धार्मिक सांँस्कृतिक आस्थाहरुको अवलम्बन, अभ्यास, संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन, विकास र सुदृढीकरणका लागि मानवता र न्यायसङ्गत समानताको आधारमा प्रत्याभूतियुक्त स्वतन्त्रता प्रदान गरिनेछ । “नेपाली राष्ट्रवादी मौलिक धार्मिक–साँंस्कृतिक पद्धतिको विकास गरिनेछ र गराइनेछ ।” नेपाली ऐतिहासिक, शास्त्रीय, लोक, मौलिक सभ्यता र दर्शनको आधारमा आधुनिक, राष्ट्रभक्तीय, वैज्ञानिक, प्रगतिशील र नैतिकतवान, साहित्य, सङ्गीत कला र संस्कृतिको अध्ययन, अनुसन्धान, अभ्यासका आधारमा संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र तीव्र विकास “१८ वर्षीय एकीकृत राष्ट्रिय सांँस्कृतिक विकास अभियान”को गुरुयोजनानुसार जोड्दा र प्रभावकारी ढङ्गले संचालन गरिनेछ र गराइनेछ ।
२४. गैर सरकारी संघ–संस्था ः सबै गैरसरकारी संघ–संस्थाहरुलाई राष्ट्रिय हितानुकूल हुने गरी समान कल्याण परिषदको मातहतमा सकृयतापूर्वक सञ्चालन तथा सरकारी योजना र कार्यक्रमहरु संग समन्वय र एकरुपता कायम गरी परिचालन गरिनेछ र गराइनेछ ।
२५. विदेश नीति ः संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न आन्दोलन, पञ्चशीलको सिद्धान्त अनुसार नेपाल र विदेशको आपसी लाभ र कल्याणको आधारमा सुमधुर र अन्तर्राष्ट्रिय विदेश सम्बन्ध कायम गरी, सुदृढीकरण गरिनेछ । दुई छिमेकी मुलुकहरुसँग समान दूरीको व्यवहार अवलम्बन गरिनेछ र गराइनेछ । नेपाल र नेपालीको हित विपरितका सबै सन्धि–सम्झौताहरु खारेज गरी, नयाँ सन्दर्भ, समय, परिस्थिति र आवश्यकतानुसार सबै परराष्ट्रहरुसँग नयाँ मैत्री, शान्ति तथा प्रगतिमूलक सन्धि–सम्झौताहरु गरिनेछन् र गराइनेछन् ।
२६. सामरिक सुरक्षा ः “१८ वर्ष उमेर पुगेका प्रत्येक स्वस्थ तथा योग्य नेपाली नागरिकलाई अनिवार्य राष्ट्रिय स्वयंसेवकको प्रशिक्षण प्रदान गरी”, राष्ट्र र नेपाली नागरिकको हितको निमित्त परिचालन गरिनेछ । निर्माण–विकास, उद्धार–राहत र सामरिक आवश्यकताहरु पूर्ति गर्ने अवस्था र क्रममा सदुपयोग गर्ने गरी, संचालन तथा परिचालन गरिनेछ र गराइनेछ । एकीकृत राष्ट्रिय सिमा व्यवस्थापन, नियमन तथा सुरक्षा बलको गठन गरी, परिचालन गरिनेछ र गराइनेछ । सबै खाले विदेशी प्रभुत्व, षड्यन्त्र, घुसपैठ, चलखेल, दबाव, हस्तक्षेप र अतिक्रमणहरुलाई निरुत्साहित तुल्याई, नियन्त्रण गर्दै–गराउँदै, यस प्रकारको नवऔपनिवेशिक पिन्जडाको बन्धनबाट नेपाल र नेपालीलाई पूर्णतः समग्रमा मुक्ति दिलाइनेछ । देशको आन्तरिक र बाह्य सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त बलियो बनाइनेछ ।
२७. विश्व नेपाली ः संसारभरिका नेपालीहरुको सुरक्षा, शान्ति, प्रगति समान हक अधिकारहरुका खातिर हर सम्भव हरेक उपायहरु अवलम्बन गरिनेछन् र गराइनेछन् ।
२८. मानसिकता ः “विदेशपरस्ती, आत्म–समर्पणवादी, दलाल–दब्बु, परनिर्भर मानसिकता र भावना”को पिंजडाको बन्धनबाट आवश्यक सबैलाई छुटकारा दिलाउँदै, वास्तविक अर्थमा मुक्त, स्वतन्त्र, स्वाधीन, स्वावलम्बी, आत्मनिर्भर, स्वाभिमानी, शासकीय सार्वभौमसत्ता सम्पन्न, सुस्वशासित, सुसभ्य, सुशिक्षित, सुस्वस्थ, विकसित, समृद्धशाली, शक्तिशाली र एकीकृत नेपाली जातिको निर्माण–विकास र सशक्तिकरण गर्ने मानसिकता र एकीकृत राष्ट्रिय भावना सहित नयाँ नेपाल बनाउने सुकार्यहरु संचालन गरिनेछन् र गराइनेछन् । अतः नेपाली सचेत राष्ट्रभक्त, अग्रगामी, परिवर्तनकारी, प्रगतिशिल र गणतन्त्रवादी नागरिकले हालसम्म राज्यसत्तामा भएका दल र नेताहरुलाई मत नदिई, उनीहरुलाई आम रुपमा बहिष्कार गर्नुपर्दछ । सत्तामा ढलीमली गरेकाहरुले नेपाल र नेपालीहरु प्रति गरेका राष्ट्र जनघातलाई ध्यान नदिई, फेरि तिनीहरुलाई समर्थन जनाई, आफ्ना अमूल्य मत दिनु चाँही नेपाली नागरिकले आफ्नो खुट्टामा आफँै बन्चरो हान्नु सरह हो र, मातृभूमि प्रति धोखा दिनु नै हो । नयाँ विचार, नीति, योजना र कार्यक्रमसहितको नयाँ युवा नेतृत्व भएको, नयाँ राजनीतिक “राष्ट्रवादी वैकल्पिक गठबन्धन” र यसका उम्मेद्वारहरुलाई २०७४।८।१० र २१ गते हुने आम निर्वाचनमा गोलाकार भित्रको षट्कोण चिन्हमा आफ्ना अमूल्य मत–छाप लगाई, अत्याधिक बहुमतले जिताउन हार्दिक आह्वान गर्दछौँ । यसो गरेमा नेपाली नागरिकले नेपाली नागरिकद्वारा, नेपाली नागरिकका लागि नेपाली नागरिकको स्वामित्व र अपनत्व हुने गरी, आफँैले आफ्नो सम्मानित न्याय गर्नु हुनेछ ।
आआँै, अहिलेको विकृतिपूर्ण राजनीतिक गतिविधि, दल र नेताहरुको विकल्पमा असल नेपाल–नेपाली भक्त “राष्ट्रवादी गठबन्धन” एवं “राष्ट्रभक्त उम्मेद्वार”हरुलाई “गोलाकारभित्रको षट्कोण” चिन्हमा छाप लगाई, अत्याधिक बहुमतले जिताआँै । नेपाली राष्ट्रवादको जीत गराऔँ ।
“राष्ट्रवादी वैकल्पिक गठबन्धनलाई गोलाकारभित्रको षट्कोण चिन्हमा मतदानः हाम्रो प्रतिबद्धता शान्ति, सुरक्षा, रोजगारी र स्वाधीनता सहितको राष्ट्रिय स्वाभिमान” ।
केन्द्रीय कार्यालय
राष्ट्रवादी बैकल्पिक गठबन्धन
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू