अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

यसरी ॠषि धमलाले प्रधानमन्त्री देउवाको अन्तर्वाता लिएछन 

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते १२:३९ मा प्रकाशित

ऋषि – कारेक्रममा स्वागत् छ ।
शेर – भन्दाखिन्लाइ धन्यवाद ।

ऋषि – आ.….जको दिनमा कोमल ओलीले किन टिकट पाइनन् ? स्पष्ट बताइदिनुस त, जनता जान्न चाहन्छन ।
शेर – तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ ! के प्रश्न सोधेको ? क-कसले टिकट पाएन भनेर हेर्ने मेरो ठेक्का हो ? दसैँ तिहार आयोकि डडेल्धुरा जाने बसको टिकट पाइएन भनेर भन्दाखिन्लाई मैलाई किचकिच गर्या छ,प्लेनको टिकट पाइएन भन्या छ भन्दाखिन्लाई मैलाइ किचकिच गर्या छ, कहिले के टिकट कहिले के भन्दाखिन्लाइ हुँदा हुँदा हुलाक टिकट। ……। ए बाबा म पर्दान्मंत्री हो कि टिकट मन्त्री हो ?

ऋषि -आ.…जको दिनमा मैले सोधेको चुनावको टिकट हो ।
शेर – भन्दाखिन्लाई त्यसो भनन त.…

ऋषि -बताइदिनुस ,किन टिकट नपाको ?
शेर – मलाइ के थाहा भन्दाखिन्लाई ईश्वर पोख्रेललाइ थाहा होला । मेरै पाटीमा टिकटको लफडा मिलिसक्या छैन , अर्काको पार्टीको कुरा भन्दाखिन्लाई कसरि भन्ने ?

ऋषि – तपाइको आफ्नै पाटीको कलाकारले चाहिँ टिकट कहिले पाउछन त ? बताइदिनुस जनता जान्न चाहन्छन ।
शेर – भन्दाखिन्लाई हाम्रोमा त्यति धेरै छैनन् , तिर्थ थापा ,राधिका हमाल ,शिवहरी बैरागी ,भोक लाग्यो भन्ने र अरू २/४ जना छन् । मुइले त सिधै भन्द्या छु “जो कलाकार लाई टिकट चाहिया हो ,मलाइ भन्नु ,नाइट बसको टिकट दिन्छु ,चढेर गाउँ जानू “ भन्दाखिन्लाई ।

ऋषि – आ.…. जको दिनमा उसो भए कलाकारलाई टिकट नदिने ?
शेर – किन दिने ? भन्दाखिन्लाइ कलाकारको काम भनेको नाच्ने हो ,गाउने हो ,हँसाउने हो, बजाउने हो ,भन्दाखिन्लाई टिकटै बजाउन खोज्ने ? पार्टीमा २५ वर्ष देखि झोला बोकेर हिड्नेलाई अहिले सम्म टिकट दिनसक्या छैन । भन्दाखिन्लाई झोला बोक्नेलाई टिकट दिनेकी मादल बोक्नेलाई दिने ?

ऋषि – ब्यापारीहरुलाई त टिकट दिनुहुन्छ त ? जनता जान्न चाहन्छन किन ?
शेर – तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ ! भन्दाखिन्लाई चुनाव खर्च चाहिँ तिम्रो बाउले दिन्छ ? व्यापारी लाई टिकट नदिएर कसलाई दिने ? माग्ने बुढालाई दिने ?

ऋषि – आजको दिनमा करिष्मा , रेखा ,कोमल , भूबन,बद्रि,मनोज कोही पनि पाटीको उच्च स्थानमा पुग्न नसक्नु को कारण के होला ?
शेर – भन्दाखिन्लाई कस्तो आलुपांडे प्रश्न सोध्या ?

ऋषि – नरिसाई उत्तर दिनुन जन्ता जान्न चाहन्छन ।
शेर – भुत्राको जनता जान्न चाहन्छन ! तिमि जान्न चाहन्छौ, हाम्लाई थाहा छैन ? …… राजनीति भनेको सिङ्गै जीवन अर्पण गरेर खेलिने जालझेलको खेल हो । पुरै जिन्दगी चाहिँ नाचगानमा बिताउने अनि बुढेसकालमा मात्र पार्टीमा आउने अनि भन्दाखिन्लाई आउनासाथ ओहोदा खोज्ने ?

ऋषि – भनेपछि आजको दिनमा कलाकारलाई कुनै पनि पार्टीमा स्थान छैन ?
शेर – ए बाबा कलाकार बोलाएसी मान्छे जम्मा हुन्छन् ,आमसभा मात्रै भन्यो भने भुत्लोभाङ्ग कोही मान्छे सुन्न आउदैन ,त्यही भएर पार्टीहरूले भन्दाखिन्लाई कलाकार बोलाउछन , कलाकार चाहिँ “अब मै पार्टी सभापति हुन्छु “ भन्ठान्छ। भन्दाखिन्लाई रामचन्द्रले त अहिले सम्म पाउन सक्या छैन ।

ऋषि – भनेपछि स्पष्ट भन्दिनोस पार्टी मा छिरेर कलाकारले पार्टी खाने भन्दा अरू केही पाउदैनन
शेर – कहाँ बाट पाउनु ? भन्दाखिन्लाई केही पाइन्छकी भनेर आउने कलाकारनै मूर्ख हो । हामी नेता उनीहरू अभि-नेता ,दुइटा अक्षर उनीहरूकै बढी छ नि ,बुझ्दैनन् ,बेकारमा भन्दाखिन्लाई हाम्रो पछाडि लाग्छन ।

ऋषि – आफ्नो व्यस्तताको बाबजुध कारेक्रममा आइदिनुभो
शेर – व्यस्तता होइन अस्तव्यस्तता । भन्दाखिन्लाई बामगठबन्दन भए देखि लफडा भैराख्या छ ।

ऋषि – हस्त कारेक्रम बाट बिदा चाहन्छु धन्यवाद ।
शेर – भन्दाखिन्लाई जय नेपाल ।

::माग्ने बुढा (केदार प्रसाद घिमिरे) को फेसबुकबाट साभार गरिएको !

प्रतिक्रिया