अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

राप्रपा छोडेर एमाले प्रवेश गरेकी गायिका कोमल ओलीलाई धोका

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ३:०७ मा प्रकाशित

हालैमात्र राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । एमालेमा प्रवेश गर्नेबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्याज्ञन्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

‘म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो’, उनले भनिन् ।  ‘हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।’

प्रतिक्रिया