अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

पुस २८ लाई प्रदर्शन मिती तोकिएको चलचित्र ‘बटरफ्लाई’को छायांकन सकियो

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते २:४५ मा प्रकाशित

द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बटरफ्लाई’ (मायाका रङहरु)’को छायांकनको सम्पुर्ण काम सकिएको छ । समावेश हुने प्रेम भावको एक गीत छायांकन भएसँगै चलचित्रको सम्पुर्ण छायांकन सकिएको हो ।

‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले दृश्य दिएका छन् । चिसिँदो मुडेको मौसममा खिचिएको उक्त गीतमा प्रियंकाले केहि बोल्ड लाग्ने दृश्यहरु दिएकी छिन् । प्राप्त तश्विरमा उनलाई आर्यनको अंगालोमा भेट्न सकिन्छ । केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण टिमले बताएको छ । ओमप्रतिक गुरुङ यो फिल्मका निर्देशक हुन् ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पुस २८ मा फिल्म रिलिज हुनेछ ।

प्रतिक्रिया