अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

गीतकार गोविन्द बिसी र गायक-संगीतकार दिप घतानीको ‘तिम्रो मुहारमा’ र ‘कस्तो क्षण’ सार्वजनिक

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते २:२७ मा प्रकाशित

 

नेपाली संगीत क्षेत्रलाई नजिकबाट चिनेका युवा संगीतकर्मी हुन् दिप घतानी । रेकर्डिस्टका रुपमा पछिल्लो समय काम गरिरहेका दिप शास्त्रिय संगीतलाई आधार बनाएर गायन र संगीत दुवैलाई आफ्नो कर्म बनाईरहेका छन् । उनको संगीत र आवाजमा रहेका पछिल्ला २ वटा गीत संगै सार्वजनिक भएका छन् । गीतकार गोविन्द बिसीको शब्द र दिप घतानीको स्वर संगीत रहेका २ गीत तिम्रो मुहारमा र कस्तो क्षणमा संङ्स नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

भ्वाईसअफ नेपालको ब्यानरमा सार्वजनिक भएको गीतहरुमा उदयराज पौडेलको एरेन्ज रहेको छ । आधुनिक धारका यी २ गीतको भिडियो निर्माणको तयारी भै रहेको गायक तथा संगीतकार दिप घतानीले जानकारी दीएका छन् ।

 

 

प्रतिक्रिया