अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

राजेश पायल राईको न्युयोर्क कन्सर्ट भब्य रुपमा सम्पन्न-शनिवार न्यु हाम्पश्रीमा अर्को कन्सर्ट

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते ९:३६ मा प्रकाशित

नेपाली संगीत क्षेत्रका अत्याधिक लोकप्रिय गायक राजेश पायल राईले अमेरिकाको न्युयोर्कमा आफ्नो कन्सर्ट सम्पन्न गरेका छन् । नमस्ते नेपालको आयोजनामा आईतबार सम्पन्न उनको लाईभ कन्सर्ट न्युयोर्कबासी नेपालीहरुको उत्साहजनक उपस्थितीका बिच भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको शिलशिलामा यतिबेला अमेरीकाका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती दिईरहेका गायक राईले आईतबारको कन्सर्टमा आफ्ना चर्चित गीतहरु सुनाएका थिए । साँझ सुरु भएको ३ घण्टा लामो उनको प्रस्तुती हेर्न कार्यक्रमस्थलबाट टाढा रहेका न्युयोर्कबासी उनका प्रशंसक समेतको बाक्लो सहभागी रहेको थियो । कार्यक्रमबाट उठेको रकम बाढी पिडित परिवारलाई सहयोग गरिने सो कार्यक्रममा १०० अमेरिकी डलरको प्रवेश शुल्क राखिएको थियो ।

न्युयोर्कको कन्सर्ट सफलतापुर्वक सम्पन्न गरेको जानकारी दिंदै गायक राईले सम्पुर्ण न्युयोर्कबासी नेपालीहरुमा आभार ब्यक्त गरेका छन् । गायक राईको अर्को प्रस्तुती आगामी शनिबार अमेरिकाको न्यु हाम्पश्रीमा हुदैछ ।

 

प्रतिक्रिया