अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

‘चाईल्ड आईकन’ जुनियर-सिनियरको ताज याङसु र बिशेष्थालाई

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ८:०५ मा प्रकाशित

आफ्ना ३९ प्रतिस्पर्धीलाईै पछि पार्दै रेडिएन्ट रिडर्स एकेडेमीकी ११ वर्षीया याङ्सु श्रेष्ठले ‘आठौं चाईल्ड आईकन–२०१७’ जुनियर तर्फको उपाधि जितेकी छिन् । उनले उपाधिसँगै क्राउन र विभिन्न उपहार पनि हाँसिल गरिन् । याङ्सु जुनियर मिस ट्यालेन्ट पनि भईन् । जसमा ४ देखि ११ वर्ष उमेरका बालबालिका सहभागी थिए ।

मिडिया ल्याण्डले शनिबार राजधानीको जमल स्थित नाचघरमा ‘आठौं चाईल्ड आईकन–२०१७’ को जुनियर र सिनियर तर्फको अन्तिम प्रतिस्पर्धा आयोजना गरेको थियो । जसमा जुनियर तर्फ फस्ट रनर अपको उपाधि सेन्ट जेभिएर स्कुलकी आकृति फुयालले प्राप्त गरिन् । त्यसै सेकेन्ड रनरअप तर्फको उपाधि ब्राईट फ्युचर स्कुल सतुङ्गलकी सृष्टी श्रेष्ठले हाँसिल गरिन् ।

सिनियर तर्फ आफ्ना ५३ प्रतिस्पर्धीलाई पछि पार्दै जोन डेवे स्कुलकी बिशेष्था बुढाथोकीले ‘आठौं चाईल्ड आईकन–२०१७’ सिनियरको उपाधि हाँसिल गरिन् । सिनियर तर्फ नै ग्यालेक्सी पब्लिक स्कुलकी बिदुशी शर्माले फस्ट रनर अप र सैनिक आवासीय माध्यामिक विधालयका सज्जन सिंह थापाले सेकेन्ड रनरअपको उपाधि जिते । जसमा ११ देखि १४ वर्ष उमेरका बाल बालिकाहरु थिए ।

सो प्रतियोगिताको निर्णायकमा प्रहरी उपरिक्षक एवं गीतकार डा. राजुबाबु श्रेष्ठ, डा. बासुदेब शास्त्री, तेक्वान्दो खेलाडी दीपक विष्ट, पत्रकार एवं लेखक डब्बु क्षत्री, नृत्य निर्देशक स्वजन राघुबँशी, गायक सरेश मानन्धर, गायिका वविता मानन्धर, सामाजिक अभियान्ता मेनुका थापा, मोडल सागरिका श्रेष्ठ र रेडियोकर्मी निस्मा चौधरी थिए ।

बालबालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि बिगत आठ वर्षदेखि आफुहरुले ‘चाईल्ड आईकन’ प्रतियोगिता आयोजना गर्दै आएको आयोजक मिडिया ल्याण्डकी सिईओ प्रतिमा श्रेष्ठले बताईन् ।

 

प्रतिक्रिया