अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

नेपाली चेली सिम्रन खड्का ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’को चौथो स्थानमा

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ९:२२ मा प्रकाशित

अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी चेली सिम्रन खड्काले चौथो स्थान हासिल गर्न सफल भएकी छन् । दक्षिण कोरियाको सउल शहरमा आयोजना भएको प्रतियोगीतामा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात थर्ड रनर अपको अवार्ड हात पारेकी हुन् ।

उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् । अवाडर्मा कोरियाकी चोइ यिवनसु शिर्ष अवार्ड हात पारेकी छन्, भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनर अप र मंगोलीयाकी अनुदार दास दोर्जले सेकेन्ड रनर अपको उपाधि आफ्नो देश भित्र्याउन सफल रहे ।

२० देखि २४ अक्टुबरसम्म आयोजना भएको अवार्डमा सहभागी भएर सिम्रन बिहिबार साँझ स्वदेश फर्किएकी छन् । कोटेस्वर निवासी २० बर्षिया खड्काले आफुले कल्पना नगरेको उपलब्धी हात पारेको बताइन् ।

खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी अवार्डमा खड्काले नेपालको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्का डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित सहभागी भएकी थिइन् ।

सिम्रन खड्काको फर्किएपछिको भनाई –

अन्तराष्ट्रिय कार्यक्रमको जानकारी हासिल गर्नु भन्ने उदेश्यले सहभागी भएको थिए । नसोचेको सफलता हात परेको छ । एकदमै एक्साइटेट र खुसी छु । कार्यक्रममा सहभागी हुँदा भाषाको निकै च्यालेन्जिङ थियो । मैले बोलेको अग्रेजी कार्यक्रमका आयोजक र अन्यले सजिलै बुझ्दैनथे, भने उनीहरुले बोलेको पनि मैले बुझ्दैन थिए । ट्रासलेटको माध्यम प्रयोग गरेर सजिलो बनाए । आवार्डले आफुलाई थप जिम्बेवारी महशुस भएको छ । प्रिजर्जमेन्ट, सिक्वेल राउण्ड, राष्ट्रिय प्रस्तुति हुँदँ फाइनल राउण्ड भएको थियो । आफ्नो राष्ट्रिया, मौलिकता, भाषा र संस्कृती जहाँ गएपनि छोड्न नहुने, आफ्नो कलासंस्कृती सहित बिभिन्न कार्यक्रममा सहभागी हुन सकियो भने प्रथामिकतामा पर्ने बिषय सिक्ने मौका पाएको छु ।

प्रतिक्रिया