अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

जर्मन नागरिकहरुद्वारा चितवनलाई दृष्टिबिहिन मुक्त जिल्ला बनाउने अभियान सुरु

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ५:३३ मा प्रकाशित

जर्मनीका नागरिकहरूले चितवनमा दृष्टिबिहिन मुक्त जिल्ला बनाउने अभियानको सुरुवात गरेका छन् । पटक–पटक नेपाल धुम्न आएकी जर्मनी स्वयसेवी नागरिक काट्रियको विशेष पहल र चितवनमा रहेर लागु औषद्ध नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको संस्था सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर–९ को अगुवामा सो अभियान सुरु गरिएको हो ।

अभियानले चितवनको विकट गाउगाउमा पुगेर निःशुल्क आँखा शिविर गरी आखाका बिरामीहरुको दृष्टि प्रदान गर्ने काम थालनी गरेको छ । ‘आई क्याम्प फोर (४) चितवन’ अभियान नामदिईएको सो अभियानले जिल्लाका ८ ठाउँमा शिविरको आयोजना गर्ने छ ।

संस्थाले रत्ननगरको जिरौना र बच्छौलीमा शिविर सम्पन्न गरिसकेको छ । ‘विना दृष्टिी अधुरो सुष्टी’ भन्ने मूल नारासहित पाईलट प्रोजेक्टका रूपमा जिल्लाका आठ ग्रामीण र विकट स्थलहरु ‘आई क्याम्प फोर (४) चितवन’ अभियान अन्र्तगत बृहत् निःशुल्क आखाँ शिविर सुरु गरिएको सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर–९का अध्यक्ष राज बन्दु गौतमले बताउनु भयो ।

आफू नेपालका विभिन्न ठाउँहरूमा घुम्न आएको र सबैभन्दा धेरै चितवनमा आखाँका समस्या भएका विरामीहरु भेटेकोले आखाका बिरामीलाई सहयोग गरु भन्ने हेतुले जर्मनमा विभिन्न नागरिकबाट सहयोग तथा विविध च्यारिटि सो गरी सङ्कलन गरिएको रकमबाट शिविर सुरु गरेको जमर्नी स्वयम सेवी टिमको संयोजक काट्रियले बताउनु भयो । अभियान अन्र्तगत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिहरूको आखाँ परीक्षण गरिनेछ ।

अभियान सफल बने दोस्रो चरणमा पनि शिविरको आयोजना हुने उहाँको भनाई छ । अभियानमा स्थानीय सङ्घ संस्थाका साथै नेश्नल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको छ । गाउँ गाउमा पुगेर नागरिकको सेवा गर्न पाउँदा आफूलाई खुसी लागेको नेश्नल आँखा अस्पताल भरतपुरका प्रमुख डा.राजेन्द्र बहादुर श्रेष्ठले बताउनु भयो ।

अभियानमा जर्मनी नागरिक काट्रियसगैँ विशेषज्ञसहित १० जनाको टोली र नेपाली स्वयम सेवीहरु परिचालन छन् । बच्छौलीमा भएको शिविरको उद्धघाटन रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले गर्नु भएको हो ।

सो अवसरमा बोल्दै उहाँले जिल्लामा आई क्याम्प फोर (४) चितवन अभियान आउनु राम्रो कुरा भएको भन्दै यस्ता कार्यलाई नगरपालिका समेत सहयोग गर्ने बताउनु भयो । सो अवसरमा वडा सदस्य केशरी माया सुनार,समाजसेवी हरिभत्तं घिमिरे,गोपाल प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यत्त गर्नु भएको थियो ।

अभियान रत्ननगरको ३ स्थान, भरतपुरमहानगरको १ स्थान, राप्ती नगरपालिकाको एक स्थान, कालिकाको दुई र माडी नगरपलिकाको एक स्थान गरी ८ स्थान मा हुने ं डा. राजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो । मा सेवा लिएकाहरुले शिविर निकै प्रभावकारी भएको बताएका थिए ।

सो अवसरमा बच्छौलीमा भएको शिविर बाट २ सय ८५ जना स्थानियहरु लाभान्वित भएका छन् । यस अघि जिरौनामा भएको शिविरबाट २ सय ६५ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू