अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते १०:४९ मा प्रकाशित

गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिवार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित हुनुहुथ्यो ।

गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताउनुभयो । “गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्छ । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ । स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भन्नुभयो, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरे पनि कुनै सुनुवाइ भएन ।”

धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू