अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

न्युयोर्कका नवकलाकारले ल्याए म्युजिक भिडियो

बिआरटीनेपाल २०७४ कार्तिक १ गते २२:०९ मा प्रकाशित

केही वर्ष देखि विश्वको ध्यान तान्ने सहर न्युयोर्कमा धेरै नेपाली म्युजिक भिडियो र फिल्मका केही सिनहरु सुटिन्ग हुन थालेका छन् । नेपाली कला प्रेमिहरुको बसाई बाक्लिन थालेपछि यस्ता सुटिङ्गहरू गर्न सफल भएको कला प्रेमीहरु बताउछन । पछिल्लो केही वर्ष देखि थिएटर नाटकबाट आफ्नो कलाकारीता यात्रा शुरुगरेका न्युयोर्कमै बस्ने कृस थापा अहिले यस्तै नाटक, म्युजिक भिडियो र फिल्मका सुटिङ्ग व्यस्त देखिन थालेका छन् । नेपालमा नाम चलेका कलाकारको पैसाको डिमाण्ड बढी हुने भएपछि यस्ता म्युजिक भिडियो र फिल्म बनाउने डाईरेक्टरहरुले यहीका स्थानीय नवकारलाई अवसर दिएर आफ्ना सुटिङ्गहरू गर्न थालेका छन् ।

नवकलाकार कृस थापा अभिनीत झन्डै आधा दर्जन नाटक साथै म्युजिक भिडियो हरू बजारमा आएका छन् । खासै आफूलाई कलाकार भन्न नरुचाउने कृश कलाकारीतामा निक्कै मेहनत गरिरहेको यसै क्षेत्रका कलाकारहरू बताउने गर्दछन् । हालै कृश थापा अभिनीत आधुनिक गीतको म्युजिक भिडियो युटुब बाट बजारमा आएको छ । यो मनमा तिमी भन्ने बोलको आधुनिक गीत दिलीप भण्डारी र अजुदा थापाले गाएका छन् । मिलन केसीको शब्दमा सुनिल थापाले सङ्गीत भरेका छन् भने म्युजिक भिडियो ईश्वर थापाको डिरेक्सनमा शम्भु मोक्तानले खिचेका हुन । यो भिडियो को सबै छायान्कन न्युयोर्कमै गरिएको ईश्वर थापाले बताए । यो गीतमा कृश थापालाई अभिनयमा अनु खण्काले सघाएकी छिन् ।

म्युजिक भिडियो:

प्रतिक्रिया