अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

नायिका रेखा थापाको कार दुर्घटना

बिआरटीनेपाल २०७४ असोज २५ गते १०:२६ मा प्रकाशित

चर्चित नायिका रेखा थापाको कार दुर्घटना परेको छ । आज (बुधबार) दिउँसो करिब सवा १२ बजे चावाहिलमा ना २ ख ८६२४ नम्बरको माल बाहक ट्रकले धक्का दिंदा बा १४ च ४७२ नम्बरको कारको दायाँ भागमा क्षति पुगेको छ । दुर्घटना बाट नायिका रेखा भने सकुशल रहेकी छिन् । कार नायिका स्वयंले चलाएकी थिईन्। 

टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । यतिखेर दुर्घटनामा परेका कार र ट्रक दुबैलाई प्रहरीले नियन्त्रणमा लिई गौशाला प्रहरी बृत परिसरमा राखेको छ ।

रेखा र आर्यन स्टारर चलचित्र ‘रुद्रप्रिया’ कात्तिक २ बाट प्रर्दशनमा आउँदैछ्। नायिका रेखा यतिवेला यसै चलचित्रको प्रचार प्रसारमा व्यस्त रहेकी छिन्।

प्रतिक्रिया