अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ राजधानिका च्यारिटी शो गरिदैं

बिआरटीनेपाल २०७४ असोज २४ गते ५:१३ मा प्रकाशित

क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश कुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिने इभेन्ट व्यवस्थापक सनिल मर्हजनले जानकारी दिए । उनका अनुसार कल्चरल नृत्यका साथमा फेशन शो पनि हुनेछ ।  जोजालप्पा कलेक्सनको डिजाइनमा कल्चरल फेशन शो हुनेछ ।

रशलाईट मिडियाले आफ्नो साजाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको रशलाईट मिडियाकि अध्यक्ष एंव गायिका तथा मोडल रमिता भण्डारीले जानकारी दिइन । कम्पनिले यस अघि पनि विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।

क्यान एजुकेशन फाण्डेशनले उक्त कार्यक्रमबाट उठेको रकम बालबालिकाहरुको शिक्षामा खर्च गर्ने फाउण्डेशन की कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । हाल संस्थाले चार जिल्लाका ४५ जना बालबालिकाहरुलाई शिक्षा दिँदै आएको छ ।

प्रतिक्रिया