अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

NRN ईलिनोई च्याप्टरको कार्यालय उद्घाटन सहित सिकागोल्यान्डमा ‘एनआरएन डे’

बिआरटीनेपाल २०७४ असोज २३ गते ९:१५ मा प्रकाशित
 सिकागोल्यान्ड कम्यूनिटी सेन्टरका लागि केशेढुंगा” भन्ने नारा सहित यही अक्टोबर ७ शनिबारको दिन एनआरएन, ईलिनोई राज्य कमिटीले सिकागोल्यान्डमा “एनआरएन डे” मनाएको छ।
एनआरएन अमेरीकाका क्षेत्रीय उपाध्यक्ष उमा कार्की थापाको प्रमुख अातिथ्यतामा सम्पन्न सो कार्यक्रममा च्याप्टरका सम्पूर्ण पदाधिकारीहरूलाई निर्बाचन कार्यालयबाट प्राप्त प्रमाणपत्र बितरण गरिनुका साथै बॉकी केही पदाधिकारीलाई सपथ ग्रहण गराईएको सो कार्यक्रममा ईलिनोई च्याप्टरका निबर्तमान कार्यसमितिलाई उक्त कमिटीले बिगत दुई बर्षमा गरेको महत्वपूर्ण कार्यहरूको सम्मान स्वरूप प्रमुख अतिथि मार्फत एउटा ‘मायाको चिनो’ प्रदान गरिएको थियो।
 कार्यक्रममा ईलिनोई च्याप्टरका युवा संयोजक शंकर मगरले आउने समर मौसममा सिकागोल्यान्डमा “पहिलो ईन्टर स्टेट खेलकुद प्रतियोगिता” आयोजना गर्ने जानकारी गराउनुभयो भने च्याप्टरका कोषाध्यक्ष ललन देबले एनआरएन ईलिनोई च्याप्टरका प्रत्येक पदाधिकारीहरूबाट केही रकम संकलन गरी “ईलिनोई स्टेट ईमर्जेन्सी फन्ड” को स्थापना भएको घोषणा गर्दै सो फन्डलाई बढाउन उपस्थित महानुभाबहरूसंग अपिल गर्नुभयो।
एनआरएन अभियन्ता एबं सिकागो लायन्स क्लबका सभापति रमाकान्त खरेलले एनआरएनलाई नेपाली राजनीतिक प्रभावमक्त बनाउनुपर्ने धारणा राख्दै आजको सन्दर्भमा एनआरएनको भूमिकाको बारेमा प्रकाश पार्नु भयो। सो कार्यक्रममा एनआरएन आईसीसी सदस्य धर्म भट्टराई, एनसीसी सदस्य गोपेन्द्र भट्टराई र प्रीति सागर खत्री, ईन्डियाना राज्य कमिटीका अध्यक्ष राजीव श्रेष्ठ, आयोवा राज्य कमिटीका सदस्य अजय उपाध्यायले आ-आफ्नो धारणा राख्नुभयो।
प्रमुख अतिथि श्रीमती थापाले सिकागोबाटै आफ्नो एनआरएन को चुनाबी अभियानको शुरूवात गरेको स्मरण गर्दै सम्पूर्ण ईलिनोईबासी धन्यबाद ज्ञापन गर्नुभयो। सो अबसरमा वहॉले “एनआरएन हेल्प डेस्कको अबधारणा” को बिषयमा प्रकाश पार्नुभयो।
 एनआरएन डे कार्यक्रमको दोश्रो चरणमा “सिकागोल्यान्ड नेपाली कम्यूनिटी सेन्टर” को अबधारणाको बारेमा बृहत् अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो। सो अबसरमा निम्न बिषयमा निम्न महानुभाबहरूले आफ्ना धारणाहरू राख्नुभयो। 
१. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको अबधारणा : सत्य नारायण चौंधरी, सभापति एनआरएन ईलिनोई च्याप्टर
२. सिकागोल्याण्ड कम्युनिस्ट सेन्टरको स्वरूप: ईन्द्रकान्त चौधरी, सभापति, सिकागोल्याण्ड थारू सोसाईटी
३. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको बारेमा बिगतमा भएका प्रयासहरू: डा. बिष्णु फुँयाल, अध्यक्ष, नेपाली अमेरीकन सेन्टर
४. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरका सम्भाबनाहरू: उदय महर्जन, अध्यक्ष, नेवा अमेरीकन ससोसाईटी 
 ५. सिकागोल्यण्ड कम्यूनिटी सेन्टरका चुनौतीहरू: रामकृष्ण शाह, अध्यक्ष, सिकागो नेपाली तराईयन सोसाईटी
६. सिकागोल्याण्ड कम्युनिटी सेन्टर स्थापनामा स्थानीय संघसंस्थाहरूको भूमिका: टेकराज पौडेल, अध्यक्ष, सिकागोल्याण्ड नेपाली फैण्डसीप सोसाईटी
७. सिकागोल्याण्ड नेपाली कम्यूनिटी र यसका आर्थिक पक्ष: बाला घिमिरे, अध्यक्ष, एन्मा तथा पर्यटन दूत;परोपकार समिति उपसंयोजक
८. सिकागोल्याण्ड नेपाली कम्युनिटी सेन्टरको भावीयोजना तथा कार्यनीतिहरू: सुमन वस्ती: पूर्ब अध्यक्ष, एनआरएन ईलिनोई च्याप्टर
समाजसेबीहरू खेम पाठक, जितेन्द्र राणा, शर्मीला फुँयाल लगायत अन्य राज्यबाट उपस्थिती रहेको सो अबसरमा
अतिथिहरूले पनि कम्यूनिटी सेन्टर स्थापना सम्बन्धी आफ्नो धारणा र सुझाव पस्किनुभयो।
एनआरएन ईलिनोई च्याप्टरका उपाध्यक्ष एवं एनआरएन डे कार्यक्रम संयोजक डिल्ली फुँयालले संचालन गर्नु भएको सो कार्यक्रममा महिला संयोजक कविता नेपाल घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो भने बोर्ड अफ डाईरेक्टर किरण बस्नेतले धन्यबाद ज्ञापन गर्नु भएको थियो।
  कार्यक्रमको अन्तमा  कार्यक्रमका सभापति एवं एनआरएन ईलिनोई च्याप्टरका अध्यक्ष सत्य नारायण चौधरीले यो “एनआरएन डे” कार्यक्रमले हाम्रो ईलिनोई च्याप्टरका पदाधिकारीहरूलाई एक भई अगाडी बढ्ने हौसला प्रदान गर्नुका साथै स्थानीय संघ- संस्थाहरूसंग सहकार्य गर्दै अन्य राज्य च्याप्टर तथा केन्द्रीय कमिटी संग सुमधुर सम्बन्ध स्थापित गर्दै सम्पूर्ण एनआरएनको हक़ हितको लागि काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो। 
एनआरएन डे को औपचारिक कार्यक्रम पश्चात एनआरएन ईलिनोई च्याप्टरको नयॉ कार्यालय भवनको उद्घाटन प्रमुख अतिथि श्रीमती उमा कार्की थापा र च्याप्टर अध्यक्ष श्री सत्य नारायण चौधरीले संयुक्त रूपमा गर्नुभएको कुरा कार्यक्रम संयोजक दिल्ली फुँयालले बताउनु भयो।
अफिस उद्घाटन पश्चात सोही कार्यालयमा भएको अनौपचारिक छलफलमा सहभागिहरूले ईलिनोई च्याप्टरले युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू ल्याउनु पर्ने, ईलिनोई स्टेटको नेपालीहरूको तथ्यॉक संकलन गर्नुपर्ने, च्याप्टरको वेबसाईटलाई अझ बढी ईन्टरयाक्टिभ बनाई एनसीसीको वेबसाईटसंग जोड्नुपर्ने, एनसीसी र च्याप्टरहरूको बीचको सम्बन्ध अझ मज़बूत र एकअर्काको परिपूरक बनाउन पहल गर्नुपर्ने जस्ता कुराहरूमा सहभागिहरूले सल्लाह दिनुभयो। एनआरएन ईलिनोई च्याप्टरले बिगत दुई बर्ष देखि अक्टूबर ११ को सप्ताहन्तमा मनाउदै आईरहेको सो “एनआरएन डे” भबिश्यमा पनि मनाउदै जाने कुरा सो च्याप्टरका बोर्ड अफ डाईरेक्टर चेत नारायण चौधरीले जानकारी गराउनु भएको थियो।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू