अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

अमेरिकामा बनेको, गायक रवि बज्राचार्यको “तिता मिठा सम्झनाले” बोलको गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज २२ गते २२:५९ मा प्रकाशित

आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो, र पैसा बिना बोलको गीतबाट चर्चित बनेका गायक रवि बज्राचार्यको अर्को गीत “तिता मिठा सम्झनाले” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनी एस बाबु प्रोडक्सनले निर्माण गरेको हो ।

विनोद बस्नेतको शब्द रहेको यस गीतमा सङ्गीत पनि रवि बज्राचार्यकै रहेको छ । गायकले यो गीतलाई उन्को एल्बम “इम्पल्स अफ लभ” मा समावेश गरेका छन् । दिपेश भण्डारी र सदिक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायाङ्कन एवं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिपले गरेका हुन् । भिडियोको सबैजसो छायाङ्कन अमेरिकाको सान फ्रान्सिस्को मै गरिएको छ ।

भिडियो

प्रतिक्रिया