अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

अमेरिकाको अस्टिनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असोज २२ गते २२:३५ मा प्रकाशित

‘ग्रेटर अस्टिन नेपाली सोसाइटी’ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरेक वर्ष झै ग्रेटर अस्टिन नेपाली सोसाइटीले मौसमको परिवर्तनसंगै मानिसको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखेर अस्टिनको राधामाधव धाम, वर्सनाधाममा संचालन गरेको सो शिविर बिबिध स्वास्थ्य समस्याको परिक्षण, परामर्श लगायतका कार्यक्रम सहित आज सम्पन्न भएको हो ।

फ्लू भ्याक्सीन निस्शूल्क उपल्ब्ध र ब्लड प्रेसर, सुगरको नि:शुल्क स्वास्थ्य जाँच परिक्षणका साथै परामर्स दिईएको थियो शिविरमा नेपाली मात्र नभइ स्थानिय बासीन्दा र भारतिय मुलका नागरिकहरू पनि लाभान्वित भएका थिए भने सिटी अफ अस्टिनले पनि स्वास्थ्य कर्मी पठाइ शिविरमा सहयोग पुर्याएका थिए।

डा.प्रमोद शर्मा, कृष्ण जीसी,अनुषा ढकाल,शर्मिला भट्ट,भावना विष्ट, चाइना अधिकारीका साथै अनिता केसी र प्रशन्ना बस्नेत लगाएतका स्वास्थ्यकर्मीको सहयोगबाट लगभग दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविर बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म संचालित थियो ।  

फोटो : रबिन पिया

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू