गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनतालाई शासन होईन सेवा प्रदान गर्नु पर्नेे बताउनु भएको छ । गृह मन्त्री शर्माले नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने तालीम उदघाटन गर्दै, आजको ब्युरोक्रेसी सेवाभावका साथ जनतामा समर्पित हुनु पर्ने बताउनु भयो ।
उहाँले बिगतदेखिनै सरकारी सेवा झंजटिलो हुँदै आएको जिकीर गर्दै, त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधान तिर निजामती सेवा लाग्नु पर्नेमा जोड दिनु भयो ।“फाइलहरु यती गरुङगा छन कतिपै कर्मचारीहरुले उचाल्नै सक्दैनन,” व्यङग्य गर्दै उहाँले भन्नु भयो “तपाईहरु दक्ष मात्र होईन ईमान्दार हुन आवश्यक छ ।”
उहाँले सो तालिम औपचारिकता मात्र न भएर गृह मन्त्रालयले ल्याएका चौरासी बुँदे मार्गचित्रको एउटा भाग भएको जिकीर गर्दै, तालिमका दौरान फेल हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी पदमा नियुक्त न गरिने कुरा पनि समेत उजागर गर्नु भयो ।
“तपाईहरु स्थाई सरकार हो, त्यसैले जनतालाई सधै व्यवहारिक समाधान दिनु पर्छ” उहाँले उल्लेख गर्नु भयो ।
यसैगरी कानुन मन्त्री यज्ञ बहादुर थापाले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै, सो तालिमले सच्चा राष्ट्र सेवक उत्पादन गर्ने विश्वास लिएको बताउदै, मिहीनेतकासाथ सबै विषय वस्तुमा दक्षता हासिल गर्नु पर्ने बताउनु भयो ।
न्याय सेवा तालिम केन्द्रका तालिम प्रमुख कलानिधि पौडयालले तालिममा सहभागी हुनेहरुले आफ्नो दर्जा केही समयका लागि बिर्सेर, सकारात्मक सोचकासाथ अनुशासित भएर तालिममा सहभागी हुनु पर्ने बताउनु भयो ।