अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता

बिआरटीनेपाल २०७४ असोज २० गते १०:५० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न सङ्घ र प्रदेशको चुनावको तयारीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीचको वामपन्थी गठबन्धनका विषयमा गत मङ्गलवार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गरेर जान वाम गठबन्धन बनाउने तथा पार्टी एकता अगाडि बढाउने सहमति भएको थियो ।

त्यसलगत्तै बुधवार नेपाली काँग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमबीच लोकतान्त्रिक गठबन्धन बनाउने सहमतिपछि राजनीतिक वृत्त दुई ध्रुवमा विभाजन भएको छ ।   (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू