अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

चलचित्र ‘फिक्का’को प्रचारमा गायकद्वय धिरज राई र तुलसी शिवाकोटी

बिआरटीनेपाल २०७४ असोज २० गते १:५९ मा प्रकाशित

चर्चित गायक धिरज राई र युरोपमा चर्चा कमाएका गायक तुलसी शिवाकोटी यतिबेला नेपालमा चलचित्र फिक्काको प्रचार गर्दै बिभिन्न सॉस्कृतिक कार्यक्रममा दौडन लागेका छन् | दर्शकको राम्रो साथ पाएका तुलसी युरोपमा भन्दा नेपालको कार्यक्रममा हिड्दा रमाईलो भएको ऊनी बताऊछन् | मंसीर 1 गते रिलिज हुने चलचित्र फिक्काको देशव्यापी प्रचारमा गायक शिवाकोटी कम्मर कसेर लागेका छन् | गायकद्वय धिरज राई र तुलसी शिवाकोटी जोडी जमाऊदै कन्सर्टमा व्यस्त रहेका छन् |

गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको शीर्ष गीत “चारैतीर भत्केको छ… ” दर्शकले अत्याधीक मन पराएका छन् । गितमा चेतन सापकोटाले संगित एंव वेल्जियम बसोबास गर्ने अर्जुनरत्न भिकारीको शब्दमा स्पेन बसोबास गर्ने गायक तुलसी शिवाकोटीले यसै गीतबाट चलचित्र गायनमा डेव्यु गरेका छन् ।

गायक शिवाकोटीले गीत गायको भएपनि साथीको नाताले गायक राई पनि प्रचारमा लागीपरेका हुन |

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापान बसोबास गर्ने अजय सुनार रहेका छन् । चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् ।

गीतमा बेरोजगारी, गरीवी, माया, पारिवारिक बन्धन, फ्रस्टेटेड जीवनलाई प्रस्तुत गरिएको देख्न सकिन्छ ।
मंसिर १ गतेबाट नेपालभर रिलिज हुन लागेको यस चलचित्र विदेशमा भने शो सुरु भैसकेको छ यस अघि जापानमा भएको शो दर्शकले मन पराएपछि जापान, बेल्जियम, स्पेन, लण्डन, बहराईन लगाएतका देशहरुमा समेत शो हुन लागेको नायक समेत रहेका प्रस्तुतकर्ता अजय सुनारले बताए भने जापानका अन्य सहर. युरोप र अमेरिकाका शहरहरुमा समेत चलचित्रको शो को तयारी भैसकेको बताईएको छ ।

रिता खाति सुनारको लेखन, एन. बी. अन्जानको कला निर्देशन रहेको चलचित्रमा एन आर एन अजय सुनार, राष्ट्रिय मार्सलआर्ट खेलाडी एंव रेडियोकर्मी दुर्गाराज पाण्डे, मोडल सर्मीला नेपाल, सञ्चारकर्मी राधिका धिमीरे , ईश्वरी बराल, मुस्कान काप्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई राजु श्रेष्ठले सम्पादन, अनन्त घिमीरेले कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक एंव मिक्सिङ, नवराज भण्डारी, सुजन श्रेष्ठ,म्याक्टेन कालुले सहायक निर्देशन गरेका छन् |

 

 

 

प्रतिक्रिया