अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

 गायक सिताराम पोखरेलको जन्मदिन बौद्धिक अपाङ्गहरुको साथमा

बिआरटीनेपाल २०७४ असोज १८ गते १३:२३ मा प्रकाशित

सुप्रसिद्द गायक तथा बरिष्ट समाजसेवी सिताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्ग भएका व्यक्तिहरुको साथमा मनाएका छन् l काठमाडौँको गोकर्णमा अबस्थित स्वास्थ्य समाज नेपालमा आश्रित बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुलाई ६ महिना सम्म पुग्ने खाध्यन्न चामल, दाल, चिउरा,नुन,तेल, बिस्कुट, लगायत सम्पूर्ण खाने सामाग्री उक्त सस्थाकी सस्थापक अधक्ष्य सीता श्रेष्ठलाइ एक कार्यक्रमको आयोजना गरि उक्त सामान हस्तान्तरण गरिएको थियो l

बिगत चौध बर्ष देखि आफ्नो जन्मदिन विभिन्न संघ, सस्था,अनाथ अपाङ्ग दुखि पिडितहरुको माझ सहयोग गर्दै मनाउदै आएका गायक पोखरेलले यसपाली भने बौद्धिक अपांगहरुलाई सहयोग गर्दै उनीहरुको बिचमा केक काटेर खुसियाली साटासाट गरेका थिए l उक्त अबसरमा गायक सिताराम पोखरेलकी धर्मपत्नी समाजसेवी रमा पोखरेल, छोराहरु नायक तथा अमेरिकन आर्मी सिबिर पोखरेल, युवा ब्यबसायी सिजन पोखरेल, संचारकर्मी श्याम स्मृत लागायतका स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो l

जन्मदिनमा मात्र नभएर सदैब समाजसेवामा अग्रसर भएर दुखि पिडितको सेवा गर्दै आएका सुप्रसिद्द गायक पोखरेलले आउने दिनहरुमा अझ बढी ससक्त भएर समाजसेवामा लाग्ने बताए l

सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन l निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन l गायन संग संगै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका पोखरेल दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट समेत सम्मानित भएका छन l

सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि भर्खरै मात्र अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन l गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन l

 

प्रतिक्रिया