अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

पूर्व कुमारी मतिना शाक्यलाई ५० लाख रुपैंया भेटी प्राप्त

बिआरटीनेपाल २०७४ असोज १८ गते ५:१४ मा प्रकाशित

गत बिहिवार अर्थात बडादशैंको अष्टमिका दिन कुमारी घरबाट बिदा भएकी पुरानी कुमारी मतिना शाक्यले ५० लाखको हाराहारीमा भेटी प्राप्त गरेकी छन् । राजकीय सम्मानपूर्वक बिदा भएकी पूर्व कुमारी मनिताले कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणले दान गरेका देवी देवता र मन्दिरलाई चढाईएको दक्षिणा तथा भेटीबाट ५० लाखको हाराहारीमा रकम प्राप्त गरेकी हुन् ।

गणतन्त्र नेपालकी पहिलो कुमारी मतिनाले प्राप्त गरेको यो रकम उनको ब्यक्तीगत रकम हुनेछ । ३ बर्षकी हुँदा कुमारी भएकी मनिता शाक्य १२ बर्ष पुरा भएपछि कुमारी घरबाट बिदा भएकी थिईन् । रजस्वला हुने उमेर र अवस्था आएपछि कुमारी फेर्ने प्रचलन छ ।
मतिना बिदा भएसंगै सोहि दिन काठमाडौं ओमबहालको विश्वकर्म महाविहारका विजय शाक्य र सिर्जना शाक्यकी छोरी ३ बर्षिया छोरी तृष्णा शाक्यलाई नयाँ जीवीत कुमारिको रुपमा कुमारी घरमा भित्र्याईएको थियो ।

गुठी संस्थानले दिएको जानकारी अनुसार गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौंडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पिठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू