अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

कृतन धामी ‘ढाकाटोपी ढल्काउँदै’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज १२ गते १३:१७ मा प्रकाशित

सानैबाट गीत संगीत र अभिनयमा रुचि भएका कृतन धामीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राज सागर र गायीका अन्जु श्रेष्ठको आवाजमा रहेको ढाकाटोपी ढल्काउँदै बोलको गीत मार्फत कृतन धामी मोडलिङ्गमा प्रवेश गरेका हुन् ।

गायक स्वयंको शब्द तथा संगीतमा तयार भएको यो गीत भ्वाईस अफ नेपाल आर्टिस्ट कम्पनिबाट रिलिज भएको हो । टिपिकल नेपाली मौलिक शब्दको प्रयोग भएको यो ढाकाटोपीमा गीतमाथी बनेको भिडियोमा कृतन धामी र सुभेच्छा रजक संगै गायक गायिका राज सागर र अन्जु श्रेष्ठको पनि अभिनय रहेको छ ।

कलाकार तथा निर्देशक निर्मल शर्माको निर्देशनमा तयार भएको भिडियोलाई सुदिप बरालको छयांकन र टेकेन्द्र शाहको सम्पादनमा बजारमा ल्याईएको हो ।

प्रतिक्रिया