अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 05:15

सोहन घिमिरेको लोक-पप गीत ‘लण्डन आईमा सेल्फी’ सार्बजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज १२ गते ३:२१ मा प्रकाशित
 केहि दिन अघि सार्बजनिक भएको  लोक- पप शैलीको ” लण्डन आईमा सेल्फी”  गीत  युट्युबमा निकै रुचाइएको छ।  लण्डन आईमा सेल्फी खिचेर संगै मेला गएको, उकाली ओराली गरेको   आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको  उक्त गीतमा लण्डन  को लोकप्रिय लण्डन आईको  सेरोफेरोमा खिचिएको छ।
बेलायतमा रहेता पनि नेपाली  गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।   घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू