अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

डा. गोविन्द केसीको अनशन स्थगित

बिआरटीनेपाल २०७४ असोज ११ गते ८:४० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाउनुभएको छ ।

प्रा. डा. केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गर्नुभएको थियो । उहाँद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्त लगायत छन्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू