अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

गीतकार तथा संगीतकार  निर प्रसाद गुरुङको ‘यो जुनिमा’ सार्बजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ असोज १० गते १३:०२ मा प्रकाशित

यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ

 एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ

 

नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक “शब्द एक, संगीत अनेक”मा रहेर गीतकार तथा संगीतकार  निर प्रसाद गुरुङले आफ्नो पहिलो प्रस्तुति स्वरुप एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” मार्फत यी गितहरु सार्बजनिक गरिरहेका छन् ।

“शब्द एक, संगीत अनेक”मा अन्तर्गत सार्बजनिक भएको यो निरको तेस्रो गीतमा राजेश पायल राई अनि पवित्रा गुरुङको आवाज रहेको गीतमा  बि बि अनुरागीको संगीत संयोजन, शुकुराम बिश्वकर्माको मिक्सिंग मास्टरिङ्ग रहेको छ । 

“शब्द एक, संगीत अनेक”मा रहेका ४ गीत मध्ये यो तेस्रो गीतमा गुरुङले एउटा पारिवारिक वातावरण लाई समेटेर वास्तविक जिवनमा आधरित शब्दको गीतलाई अलक अलक धारमा संगीत  भरेका हुन् ।

यस्तै यो गीतको तेस्रो म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई उत्सब दाहालले छायांकन, निशान घिमिरेले सम्पादन अनि प्रकाश धितालले निर्देशन गरेका छन् ।

मोडलिङ्ग क्षेत्रमा आफुलाई अभिनयमा अब्बल बनाउदै आएका मोडल जीवन भट्टराईको भिडियोमा दमदार अभिनय रहेको छ भने उनलाई जिना सुन्दासले भिडियोमा साथ् दिएकि छिन ।

प्रतिक्रिया