अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

गायक राज सागर र गायिका अन्जु श्रेष्ठको सहकार्य अभिनयमा पनि-‘ढाकाटोपी’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज ९ गते १८:११ मा प्रकाशित

संगीत क्षेत्रमा क्रियाशिल गायक गायिका द्वय राज सागर र अन्जु श्रेष्ठको गायन र अभिनयमा ढाकाटोपी बोलको गीत सार्वजनिक भएको छ । गायक राज सागरकै शब्द संगीतमा रहेको अन्जु र राज सागरको लोक आधुनिक गीत ढाकाटोपी म्युजिक भिडियो सहित सङ्गस् नेपालको यूटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

बरिष्ठ संगीतकार दिपक जंगमका चेला गायक तथा संगीतकार राज सागर नेपाली तारा सिजन २ का चौथो स्थानका बिजयी हुन् भने गायीका अन्जु श्रेष्ठ कलानिधी संगीत महाबिद्यालयकी गोल्ड मेडलिष्ट छात्रा हुन् । लामो समयदेखी संगीत क्षेत्रमा आवद्ध यो जोडी गायन संगै अभिनयमा पनि शशक्त रुपमा प्रस्तुत भएका छन् । गायिका अन्जु यस अघि पनि मोडलको रुपमा देखिईसकेको अनुहार भएपनि पछिल्लो समय नेपाली संगीत क्षेत्रको गजल बिधामा सर्वाधिक लोकप्रिय गायक तथा संगीतकारको परिचय बोकेका राज सागरको यो डेब्यु गीत हो । जसमा उनको अभिनयकला तारिफ योग्य रहेको छ ।

भ्वाईस अफ नेपाल आर्टिस्ट कम्पनिबाट रिलिज भएको गीत ढाकाटोपीमा अन्जु र राज सागर संगै कृतन र शुभेक्षाको पनि अभिनय रहेको छ । कलाकार तथा निर्देशक निर्मल शर्माको निर्देशनमा तयार भएको भिडियोलाई सुदिप बरालको छयांकन र टेकेन्द्र शाहको सम्पादनमा बजारमा ल्याईएको हो ।

हाल भ्वाईस अफ नेपाल आर्टिस्ट कम्पनिका सञ्चालक समेत रहेका गायीका अन्जु श्रेष्ठ र गायक राज सागरको सहकार्यमा एल्वम, रातो सारी, रंगीयो तिजले भेलवेटको चोली, खोजिरहेछु यो भिडमा लगायतका गीतहरु सार्वजनिक भै सकेको छ । अन्जुको बजारमा आउने अन्तिम तयारीमा रहेको आधुनिक गीती संग्रह ‘पंक्षी’मा पनि राज सागरको एकल संगीत रहेको छ ।

 

 

प्रतिक्रिया