अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

न्युरोड कम्प्लेक्समा दशैं फेस्टिभलको आयोजना, ३ दर्जन कलकर्मीको प्रस्तुती

बिआरटीनेपाल २०७४ असोज ९ गते ८:५३ मा प्रकाशित
नेपाली हरुको महान चाड बिजया दशमी नजिकिदै छ । यसको मौलिकता, सामाजिक तथा साँस्कृतिक पहिचान तथा महत्वले दसैंलाई बिशेष: बनाउने हरेक नेपालीको चाहना हुन्छ नै ।  दसैं जस्तो पर्बमा मनोरन्जन प्रदान गर्न एबम बिजया दशमीको शुभ कामना आदान प्रदान गर्ने उदेश्यका साथ काठमाडौंको न्युरोड स्थित “न्युरोड कम्प्लेक्स” मा दशै फेस्टिभलको आयोजना सम्पन्न भएको छ । आर्टिस्ट नेपाल तथा न्युरोड कम्प्लेक्सले संयुक्तरुपमा संचालन गरेको उक्त दशै महोत्शव अशोज २ देखी अशोज ८ सम्म चलेको थियो ।
बिभिन्न मनोरन्जानत्मक कार्यक्रमसंगै कम्प्लेक्समा भिजिटका लागि आएका सम्पूर्ण ग्राहकहरुलाई निशुल्क बिभिन्न उपहार एबम डिस्काउन्ट कुपन प्रदान गरेको थियो ।  दैनिक ११ बजे देखी ५ बजे सम्म संचालन भएको उक्त कार्यक्रममा गीत संगीत, हास्य ब्यङय, न्रित्य लगायतका कार्यक्रम संचालन गरिएको थियो । एक सातासम्म संचालन रहेको यस् फेस्टिभल कार्यक्रममा नेपाली राष्ट्रिय स्तरसम्मका झन्डै ४ दर्जन कलाकारहरुले आएर आफ्ना बिभिन्न कला प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए।
शुभ-कामना आदान प्रदानको लागि चर्चित गायक मिङ्मा शेर्पा , गायिका प्राश्ना शाक्य, सपन श्रेष्ठ, आकांक्षा बस्याल, अर्पना श्रेष्ठ, सिमा शाह, हास्यकलाकार यमनदास श्रेष्ठ, एन्जिला रेग्मी, सुशिला पाठक, सिमान्त सन्तोष , नायिका सारिका घिमिरे, बिनए केट्वो, हास्यकलाकार शिवहरी पौडेल, सुमन के श्रेष्ठ, प्रदिप लामा लगायत कलाकारहरुको उपस्थिती थियो ।
कार्यक्रम संचालनको जिम्मा पाएकी सोनिया जिआरले उपस्थित ग्राहकहरुलाई बिभिन्न प्रश्न सोधी कम्प्लेक्समा म्यानेजर सञ्जय महर्जनले गिस्ट ह्याम्पर प्रदान गर्नुभएको थियो ।  न्युरोड कम्प्लेक्स दशै फेस्टिभलमा निशुल्क मेहन्दी , निशुल्क फेस तथा ह्यान्ड पेन्टिङ , फ्री रिचार्ज कार्ड , फ्री पेनड्राईभ, तथा बिभिन्न पसलहरुमा ५० % सम्मको छुट कुपन बितरण गरिएको थियो ।
प्रतिक्रिया