अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

राष्ट्रपती ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध यि ८ राष्ट्रमा लागु हुने

बिआरटीनेपाल २०७४ असोज ९ गते २:५५ मा प्रकाशित

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धको म्याद आज आइतबार देखि सकिने हुनाले नयाँ प्रतिबन्ध गर्ने घोषणा गरेका छन् l ६ वटा राष्ट्रमा लगाइएको यात्रा प्रतिबन्धलाई अझ बढाएर ८ वटा राष्ट्रमा यात्रा प्रतिबन्ध लगाउने भएका छन् l आज सेप्टेम्बर २४ तारिख राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन् l

यो नयाँ नियम अनुसार उत्तर कोरिया, चाड, ईरान, लिबिया, सोमालिया, सिरिया, भेनेजुएला तथा यमन राष्ट्रका परेको छन् भने उक्त देशका नागरिक प्रभावित पर्ने छन् l

यो नयाँ यात्रा प्रतिबन्ध अक्टोबर १८ तारिख देखि लागु हुने छ l आइबार साँझ नयाँ यात्रा प्रतिबन्ध जारी गर्दै यी ८ मूलकका पर्यटक तथा आप्रवासीलाई अमेरिकाको भ्रमणमा प्रतिबन्ध  गर्दै यी राष्ट्रहरुका जाँच प्रक्रिया अपर्याप्त भएको उल्लेख समेत गरेको कारण देखाएको छ l

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्वीट गर्दै अमेरिकालाई प्रथम सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो भनी लेखेका छन् l गत मार्च ६ तारिखमा राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशमा प्रतिबन्धमा परेका देशहरू ईरान,लिबिया ,सोमालिया ,सिरिया ,सुडान र येमेन को आज साँझ देखि नै यात्रा प्रतिबन्ध को म्याद सकिएको छ l

नयाँ घोषणामा परेका देशहरू लिबिया, सोमालिया, सिरिया र येमेनलाई प्रतिबन्ध जारी गरिएको छ भने सुडानलाई सुचीबाट हटाईएको छ l नयाँ ३ वटा राष्ट्र चाड, उत्तर कोरिया तथा भेनेजुएला नयाँ यात्रा प्रतिबन्धमा परेका छन् l अक्टोबर १८ तारिख १२:०१ सेकन्डको समय देखि लागु हुनेछ l

नयाँ प्रतिबन्धका मार्गदर्शक सबै राजदूतावास तथा वाणिज्य दूतावासमा पठाइने र कसरी नयाँ घोषणा लागु गर्ने भन्ने समेतको जानकारी दिइने छ भनी एन्बिसी न्युजमा लेखिएको छ  l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू