अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

गायिका योजना पुरीको ‘भगायो ड्राईभरले’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ८ गते १९:०४ मा प्रकाशित

गायिका योजना पुरी नयाँ गीत भगायो ड्राईभरलेको भिडियो सार्वजनिक भएको छ । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको योजनाको लोक पप शैलीको यो गीतको भिडियो हाईलाईटस् म्युजिकको युटुव मार्फत सार्वजनिक भएको हो ।

सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोमा नेता, डाक्टर, पाईलट देखी बिदेश गएका युवक संग बिबाह गर्ने योजना बनाएकी युवतीलाई अन्तत ड्राईभरले भगाएको कथा बोकेको भिडियोलाई सुमन सागर जङ्ग केशीले निर्देशन गरेका हुन् भने भिडियोमा रोजी कुवर र सुमन सागरलाई प्रस्तुत गरिएको छ ।

खेम थापाको छायाङ्कनमा तयार भएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया