अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

युवा गायिका निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाल साधारण सदस्यबाटै निष्काशित

बिआरटीनेपाल २०७४ असोज ८ गते १८:१० मा प्रकाशित

युवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्यबाट निष्काशित गरेको छ l गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो विशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो l

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए l उनलाई संस्थाको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ l उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को विधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारबाई गर्दै निस्काशित गरेको हो l

विधानको साथै संस्थाको छविलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिवार कै दिन देखि लागु हुने गरी निष्कासन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महासचिव कृष्ण श्रेष्ठद्वारा जारी छापा विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l

नेपालले २० वर्षीय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको साङ्गीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुर्व्यहार गरेका थिए l

पीडित कार्कीले संस्थागत कारबाही ढिलो भएकोले उनले आफूमा परेको पिडा सामाजिक सञ्जाल मुहार पुस्तिका (फेसबुक ) मार्फत प्रत्यक्ष प्रसारणमा आफूले भोगेका कुराहरू र सुशील नेपालले भनेका कुराहरू आफ्ना दर्शक, शुभचिन्तक तथा विश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् l

आरोपी र पीडक सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए l

Press Release

Dear NASeA Community Members and beyond,

We have been working tirelessly since the time of the incident and have not been taking this matter lightly. Following the NASeA/ANMA Joint Convention in Charlotte, we have had multiple emergency meetings to address this extremely important issue.
NASeA is working seriously and tirelessly to resolve this case with the best possible options through our emergency meetings. Finally, the fourth emergency meeting of the Executive Board of NASeA, held on Sept. 23, 2017, has decided the following:

“The membership of NASEA of Sushil Nepal, is expelled effective from today (Saturday, September 23, 2017) as per the NASeA Bylaws, Article V , para 1 , sub para 1 for disorderly conduct in an Association event and other acts inimical to the image of the Association .”

Thank you for your continued support and co-operation.

Respectfully,

Madhav Dhakal
President

Krishna Shrestha
General Secretary

Nepalese Association in Southeast America

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू