अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

एचआईभी संक्रमित बालबालिकाहरुको सहयोगार्थ फेसन शो ‘जीवनशैली’

बिआरटीनेपाल २०७४ असोज ८ गते १२:१२ मा प्रकाशित

पोखराको होटल बाराहीमा शुक्रबार राति भएको फेसन शोमा एकपछि अर्को सिक्वेन्समा मोडल प्रस्तुत भए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुई\दुई सिक्वेस मोडल उतारिए ।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । कार्यक्रम संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । काठमाडौंका १५ र पोखराका ४ जनामध्ये सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत थिए । त्यस्तै, नेपाल नेक्ट सुपर मोडलका व्यावसायिक मोडेल तालनगरी पोखरा आएका हुन् ।

उक्त फेसन शोका लागि मोडललाई पहिलो अडिसन राजधानीमा गरिएको थियो । अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएका निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए । यसअघि राजधानीमा मात्र सीमित भएको आरएनआर गु्रपको फेसन शो पोखरामा भने एचआईभी संक्रमित बालबालिकाहरुको सहयोगार्थ गरिएको संस्थाकी अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रतिक्रिया