अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

एलिशा राई नारायण गजमेरको ‘सान्नानी’ (भिडियो)

बिआरटीनेपाल २०७४ असोज ८ गते ११:२५ मा प्रकाशित

गायक नारायण गजमेरको स्वरको नया“ गीत ‘सान्नानी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा नृत्यांगना एलिसा राई तथा नेपाली ठिटोजका कलाकारहरुले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । प्रकाश क्षणिकका शब्दहरुको उक्त गीत ‘निश्चल’ शीर्षकको एल्बममा समावेश छ । सञ्जीव बराइली उक्त गीतका संगीत संयोजक हुन् ।

सेलिब्रेटी म्यानेज्मेन्ट नेपालले व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोको निर्देशन सुव्रत राज आचार्यले गरेका हुन् । अनिल के मानन्धर तथा रमेश परियार (अमेरिका) द्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक विकाश ज्ञवाली हुन् । भिडियोमा नेपाली ठिटोजका सुनिल क्षेत्रीले आकर्षक कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया