अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

गायक कमल खत्रीको ‘तिमी मेरै हौ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ८ गते ४:१७ मा प्रकाशित

पछिल्लो समयका चर्चित युवा गायक कमल खत्रीको स्वरमा सजिएको “तिमी मेरै हौ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रम माझ उक्त गीतको भिडियोको प्रीमियेर गरी सार्वजनिक गरिएको हो ।

पहिलो नेपाल आइडल बिजेता बिक्रम राईको शब्द/संगीतमा रहेको उक्त गितको सम्पूर्णले खुलेरै तारिफ गरेका थिए । बरिष्ठ हास्य कालाकार शिब हरि पौडेलको प्रमुख आतिथ्यतामा म्यूजिक हाईलाइट्स प्रा.ली.को आयोजना रहेको उक्त कार्यक्रममा गित तथा भिडियो सँग सम्बन्धित बिभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा गीतकार तथा संगीतकार सहदेब कोइराला, निर्देशक दिलिप समन,  नायक अयुब केसी, चर्चित मोडल मिलन शंकर,  क्रिष्टिना थापा लगायतको उपस्थिती रहेको थियो ।  गायक कमल खत्री भने कार्य बेस्ताथाले गर्दा कार्यक्रममा उपस्थिति थिएनन् । 

भिडियो हेरी सकेपछी मोडलदय क्रिष्टिना थापा, तीलक नेपालीको अभिनयलाई सबैले तारीफ गरेका थिए ।
क्रिष्टिनाले अभिनय गरेका भिडियो बजारमा चर्चामा छन्  ।

त्यस्तै  तीलक नेपाली भने म्युजिक भिडियोमा डेब्यु मोडल हुन् । यस म्युजिक भिडियोको निर्देशन भिम तामाङ स्याङ्बोले गरेका छन् ।

म्युजिक हाईलाइट्स प्रा.ली.को पोस्ट प्रोडक्सन  रहेको उक्त गीतको भिडियोलाई भने छायांकन मिलन शंकर र अरुनले गरेका छन्  ।

यस गीतको भिडियोलाई ओम प्रसाईले सम्पादन  गरेका छन् । प्रसाई पछिल्ला समयका चर्चित र ब्यस्त भिडियो सम्पादक/एडिटर/ड्रोन अपरेटर हुन् ।

प्रतिक्रिया