अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

अमेरिकामा हुने ‘६६ औं मिस युनिभर्स’मा नेपालले पहिलो पटक सहभागीता जनाउँदै

बिआरटीनेपाल २०७४ असोज ७ गते १४:०७ मा प्रकाशित

नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन । उनलाई राजधानीको अन्नपूर्ण होटेलमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिदै घोषणा गरेका हुन् ।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ , जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जानेछिन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन । पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका लग्नेछिन ।

नग्मा श्रेष्ठ –  नेपालले पहिलो पटक सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्त प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै म नै पहिलो पटक जान पाउदा झनै खुसि लागेको छ । यसको लागि म सबै प्रति आभारी छु । साथै म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागी भएको हिसाबले पनि केहि अनुभव त छ नै साथै अब केहि समय प्रशिक्षण पनि लिनेनै छु । मलाइ दिइएको जिम्मेवारीलाई पुरा गर्न कहिँ कतै कसर बाकि राख्ने छैन । हामीले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउनु हामी सबैको लागि खुसिकै कुरा हो ।

 

तस्वीर :आर्यन विमली

प्रतिक्रिया