अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

मिस पुर्वाञ्चलको उपाधी धरानकी रुबी लिम्बुलाई

बिआरटीनेपाल २०७४ असोज ७ गते १३:४० मा प्रकाशित

शुक्रबार साँझ धरान सभागृहमा सम्पन्न आठौ नेपाल आइस नेचुरा मिस पुर्वान्चल २०१७ को ताज धरान ११ कि स्थायी बासिन्दा रुबी लिम्बुले पहिरिएकी छिन् । उनले ताज संगै धरान हेल्दी होम मिस हेल्दी ,इडनएकेडेमी मिस इन्तेलेक्चुअल् र मिरिन्डा मिस ट्यालेन्टको उपाधि समेत हात परिन । त्यस्तै धरानकि सिमरन श्रेष्ठ फर्स्ट रनर अप र बिर्तामोडकि अनु ढुंगाना सेकेन्ड रनर अप घोसित भएकी छिन् । सिमरनले फर्स्ट रनर अप संगै चिज स्टिक मिस पर्सनालिटी र चेसुंग मिस फोटोजेनिकको उपाधि समेत जितेकी छिन् ।

प्रमुख निर्णायक पीएलओ लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक भोलेस्वर दुलालले सोध्नु भएको महिलाहरुको महत्व के हो ? भन्ने प्रश्नमा महिलाहरु माया , धेर्यता र सहनशीलताको खानी हो ।उनको महत्वको बारेमा कुरा गर्नु पर्दा उनि एक रचनाकार हुन् उनले संसारमा जीवन ल्यौचिन र सुन्दर माया अनि ममताको अनुकरण गर्छिन । उनि मात्र एक श्रीमती र छोरी मात्र होइनन उनि एक प्रेरणाको खानी पनि हुन् ।महिलाहरु सामाजिक, राजनीतिक र पेशा क्षेत्रमा पनि भाग लिन्छीन र सिधा पाराले भन्नु पर्दा उनको निरन्तरता नै मानब जातिको अस्तित्व हो भन्ने सटिक जवाफ दिदै टप ७ मा आफुलाई अन्य भन्दा अब्बल ठहराउदै उपाधि जित्न सफल भएकी थिइन् ।

उनले मिस पुर्वान्चलको उपाधि संगै हंगकंग नेपाली महासंघको तर्फ बाट हंगकंग घुम्ने अवसर प्राप्त गरेकी छिन् । महासंघको तर्फ बाट आशा श्रेष्ठ र नानु श्रेष्ठले उनलाई डमी टिकट प्रदान गरेका थिए । त्यस्तै यामाहा रे स्कुटी का डिलर गजुरमुखी ट्रेड एण्ड सप्लायर्सका सीईओ गोपाल आचार्यले स्कुटीको साँचो प्रदान गरेका थिए भने शास तथा बुकी सिजी ब्रुअरीका सिनियर जीएम प्रदिप पुडासैनीले प्रदान गरेका थिए भने मिस पुर्वान्चल २०१६ कृतिका गिरीले बिजेता लिम्बुलाई क्राउन लगाई दिएका थिए ।त्यस्तै फर्स्ट रनर अपकि बिजेता धरानकि सिमरन श्रेष्ठले नगद ५० हजार को डमी चेक एनआइसी एसिया बैंकका धरान साखा प्रमुख बिशाल श्रेष्ठले प्रदान गरेका थिए भने मिस पुर्वान्चल २०१६ कि फर्स्ट रनर अप इक्सा मादेनले क्राउन लगाईदिएकी थिइन् भने सेकेन्ड रनर अप बिजेता बिर्तामोडकि अनु ढुंगानाले आरआर सी स्टुडियोका तर्फ बाट नगद चालिसहजारको डमी चेक कलाकार रोजन राईले तथा बिबिएसको छात्रवृत्ति युएन नवोदय कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापो र मिस पुर्वान्चल २०१५ कि सेकेन्ड रनर अप प्रमिशा बज्राचार्यले ताज पहिरायेकी थिईन ।

त्यस्तै १२ हजार रुपैया सहित यूरेका मिस चार्मिंग समिना खतिवडा , एनआईसी बेंक मिस फ्रेन्डशिप बिपना श्रेष्ठ , ताप्लेजुंग संथाक्र मिस क्याटवाक एस्तर तामांग ,बराह मिस ज्वेलरी प्रमिता तिवारी र पिएलो मिस पब्लिक चोइस र बायो मिस मल्टिमिडियाको उपाधि शताब्दीका गिरिले हात पारिन ।

डिग्री क्याम्पस प्रमुख डा . मनोज राउत , बिपिकेआइएचएसका डा. नरेन्द्र भट्ट ,डा. निशा भट्ट ,धरान उप(महानगरपालिकाका सिनियर इन्जीनियर सुरज श्रेष्ठ , ट्राभल एजेन्ट एसोसिएसन ,सिक्किम का भूतपूर्व अध्यक्ष सुरेन्द्र प्रधान, नायिका निता ढुंगाना ,मिस पुर्वान्चल २०१३ नेहा बजाज , ब्लास्ट टाइम्स का प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्की र फिल्म निर्देशक दिपक श्रेष्ठ निर्णायक रहेको मिस पुर्वान्चल २०१७ को १९ जना पूर्वेली प्रतियोगी मध्ये बाट निर्णायकहरुको पूर्ण मत अनुरुप टप १४ छानिएको थियो भने टप १४ बाट निर्णायकहरुको प्रस्नोतर बाट दियिएको उतर अनुरुप टप सेभेन छानिएको थियो ।

टप सेभेनलाइ कार्यक्रम प्रस्तोता द्वय महेश लिम्बु र नेमिता आंगबुहान्ग लिम्बुले प्रत्यक्ष्य रुपमा तपाई मिस पुर्वान्चल हुनुभयो भने के गर्नुहुन्छ भन्ने प्रश्नसोधेका थिए भने त्यसपछि ३ मिनेट को समय दिदै प्रमुख निर्णायक भोलेस्वर दुलाल ले प्रश्न सोधेका थिए ।

प्रतिक्रिया