अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

तथ्याङ्कमा गैर आवासीय नेपाली सङ्घको बाढीपीडित राहत बिरतण –२०७४

बिआरटीनेपाल २०७४ असोज ४ गते ५:३२ मा प्रकाशित

साउन अन्तिम साता नेपालको तराई क्षेत्रमा गएको बाढी र डुवानका कारण पीडित परिवारलाई गैर आवासीय नेपाली सङ्घले सप्तरीका विभिन्न नगरपालिका तथा गाउँपालिकामा अगष्ट २१ देखि २६ तारिखसम्म राहत वितरण गरेको छ । नेपाल सरकारको आग्रहमा सबैभन्दा धेरै प्रभावित सप्तरी जिल्लामा राहत वितरण भएको छ । 

गैर आवासीय नेपाली स्वयंसेवक साथीहरूको सक्रिय सहभागितामा राहत वितरण तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जसबाट करिब एक हजार पाँच सय बिरामी लाभान्वित भएका थिए ।

गैर आवासीय नेपाली सङ्घले कहाँकहाँ, कति समाग्री वितरण गर्यो, राहत कोष स्थापनादेखि वितरणसम्मका प्रक्रिया कसरी सम्पन्न भए ? भन्ने विस्तृत विवरण यसैसाथ संलग्न इन्फोग्राफिक्सहरुमा उल्लेख गरिएको छ ।

कहाँ बाँडियो ?
सप्तरीको बोदेबर्साइन, तिलाठी, कोमध्यपुरा, तिरहुत र कोबर्साइन

लाभान्वित परिवार
४ हजार पाँच सय परिवार, करिब २० हजार व्यक्ति

के के बाँडियो ?
१ लाख किलो चामल (हरेक परिवारलाई २५ केजीको एक बोरा)
१२ हजार किलो दाल
२ हजार थान त्रिपाल(अस्थायी आवासका लागि)
४ हजार किलो नुन
४ हजार लिटर तेल
४ हजार पाँच सय झुल
४ हजार थान पानी प्रषोधन गर्ने बोटल

राहत वितरण आयोजक टिम
नेतृत्व– शेष घले– अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्

संयोजक– श्याम तामाङ – एनसीसी पूर्व अध्यक्ष, एनआरएनए बहराइन

फिल्ड संयोजक– धर्मराज गिरी, क्षेत्रीय उप–संयोजक– एनआरएनए मध्यपूर्व

खरिद तथा व्यवस्थापन– सुरेश चित्रकार, एमआईटी ग्रुप, नेपाल

मिडिया–
राजेन्द्र भट्ट, एनआरएन युके

फोटोग्राफर–
श्रीधर पौडेल

सम्बाददाता–
नवीन गुरुङ

प्रोग्राम डिजाइनर– जमुना गुरुङ, आईसीसी सदस्य, अस्ट्रेलिया
स्थास्थ्य शिविर संयोजक– भोमा लिम्बू, आईसीसी सदस्य, अस्ट्रेलिया

स्वयं सेवकहरु–
शेष घले, श्याम तामाङ, त्रिलोक गुरुङ, एसी शेर्पा, भूमा लिम्बू, रोशनी थापा, सुरेश चित्रकार, जमुना गुरुङ, धर्मराज
गिरी, कुमार पन्त, अभिमन्यु बस्नेत, सपिला राजभण्डारी, बद्री केसी, सोनाम लामा, राजेन्द्र भट्ट, मिङमार तामाङ,
कृष्ण, जयप्रकाश गुरुङ, नवराज गुरुङ र डिल्ली ज्ञवाली ।

आपत्कालीन राहत कोषमा रकम सङ्कलन गर्ने तथा राहत वितरण कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुने सबै गैर आवासीय नेपाली, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरु तथा यो अभियानमा सहभागी हुने अन्य संघसंस्थाहरुलाई सङ्घका अध्यक्ष घलेले हार्दिक आभार प्रकट गर्नुभएको छ । साथै उहाँले नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय स्वयंसेवीहरुलाई पनि राहत वितरणलाई सहज बनाउन सहयोग गरेकोमा हार्दिक धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू