अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

‘मिस एयर होस्टेस-२०१७’ को उपाधि रिवा लिम्वुलाई

बिआरटीनेपाल २०७४ असोज ३ गते ६:३७ मा प्रकाशित

यस वर्षको मिस एयर होस्टेस २०१७को उपाधि धरानकी १९ वर्षीय रिवा लिम्वुले जितेकी छन् ।प्रतिस्पर्धामा रिवाले  ३४ जना प्रतियोगीहरुलाई पछि पार्दै उत्कृष्टको ताज पहिरेकी हुन् ।

प्रतियोगितामा रिवाले उपाधि सहित  २५ हजार नगद र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति प्राप्त गरेकी छन्  ।उनले एभीयसन म्यूजियममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरेकी छन् ।

यसका साथै प्रतियोगितामा सिजु सिंह ठकुरीले फस्ट रनर अपको उपाधि सहित  नगद १५ हजार रुपैयाँ र वेष्ट ड्रेसको उपाधि प्राप्त गरेकी छिन्। त्यस्तै  मोनालिसा पाख्रिनले सेकेण्ड रनर अप र मिस पर्सनालीटीको उपाधि जितेकी छिन्। उनलाई दश हजार रुपैया साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा १ लाख वरावरको छात्रावृति प्रदान गरिएको छ ।

प्रतियोगितमा निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा , सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रा।डा। स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणित केसी, सीता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेका थिए ।

प्रतिक्रिया