अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

सुरु भयो नेपाल अफ्रिका फिल्म महोत्सब

बिआरटीनेपाल २०७४ असोज ३ गते ६:१४ मा प्रकाशित

कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा सोमबारबाट ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो फेस्टिबलको सोमबार मध्यान्नमा उद्घाटन गरका हुन् ।

२ असोजबाट ४ असोजसम्म ३ तीन निरन्तर चल्ने सो फेस्टिबललाई सम्बोधन गर्दै नेपाल र अफ्रिकाका मुलुकहरु संस्कृतिमा धनी भएकोले यस्तो चलचित्र महोत्सबले दुई देश र फरक भूगोलको कला संस्कृतिलाई जोड्ने विश्वास व्यक्त गरे । एउटा कलेजबाट यती ठुलो महोत्सब हुने सराहनीय कार्य भएको बताउँदै महोत्सबले नेपाली र अफ्रिकी जनतालाई सिनेमाको माध्यमबाट नजिक ल्याउने कार्य भएको पनि पूर्व प्रधानमन्त्री ओलीले बताए ।

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित सो फेस्टिबलमा सो कलेजकी प्रिन्सिपल एवं यस फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्न पर्छ भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । सरकारी क्षेत्रबाट हुनु पर्नेमा निजि क्षेत्रबाटै आयोजन हुँदै आएको यो महोत्सबले नेपाल अफ्रिकाका सांस्कृतिक आदन प्रदानमा महत्वपूर्ण भूमिका खेलेको पनि फेस्टिबल निर्देशक डा. मिश्रले बताईन् । यस पटक अफ्रिकी महाद्धिप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी सहभागी भएको पनि निर्देशक मिश्रले जानकारी गराईन् ।

ओस्लो युनिभर्सिटी कलेज नर्वेकी प्रोफेसर क्रिस्टिन स्कारे, आफ्रिका रिसर्च सेन्टर कम्युनिकेसन युनिभर्सिटी आफ चाईनाकी पूर्व विभागीय प्रमुख प्रा. ज्याङ याङक्वी, इजिप्टका लुजोर अफ्रिकन फिल्म फेस्टिबल इजिप्टका अध्यक्ष सायद फौएद, लगायतले नेपाल आफ्रिका फिल्म फेस्टिबलको चर्चा गरे ।

आगामी वर्षबाट सहकार्य गर्दै अघि बढ्न महोत्सबको उद्घाटन समारोहमा इजिप्टका लुजोर अफ्रिकन फिल्म फेस्टिबल इजिप्टका अध्यक्ष सायद फौएद र नेपाल अफ्रिका फिल्म फेस्टिबलकी अध्यक्ष डा. मञ्जु मिश्रबीच सँयुक्त हस्ताक्षर भयो ।

जन्जिबार फिल्म फेस्टिबलसँगको सहकार्यमा हुँदै आएको यो महोत्सबको उद्घाटन समारोहमा रबी धमलाको कोरियोग्राफीमा अफ्रिकी फेशन सो आयोजना गरियो । यस्तै लाखे, धिमे, तामाङ शेलो लगायत विभिन्न नृत्यहरु उद्घाटन समारोहमा प्रस्तुत गरियो ।

यस पटक महोत्सबमा नौ ओटा चलचित्र प्रदर्शनी गरिँदैछ । जस मध्य एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । महोत्सबमा सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल÷तान्जानिया÷भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शनी गरियो ।

यस्तै ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सँयुक्त राज्य अमेरिका÷चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को÷फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ प्रदर्शनी गरिनेछ ।
महोत्सबको अन्तम दिन ४ असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ ।

 

प्रतिक्रिया