अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

राजेश पायल राईको ‘दर्शन नमस्ते-३’को ‘किन यति धेरै’ गीत दोस्रो दिन मै अत्याधिक दर्शकको रोजाईमा

बिआरटीनेपाल २०७४ असोज २ गते १७:४१ मा प्रकाशित

नेपाली सांगितीक क्षेत्रमा अत्याधिक लोकप्रियता कमाएका गायक राजेश पायल राईको पछिल्लो गीत किन यति धेरै माया सार्वजनिक भएको दोस्रो दिन मै डेड लाख भन्दा बढि दर्शकले हेरेका छन् । बिश्वका अधिकांश देशमा आफ्नो प्रस्तुती दिईसकेका गायक राईको गिती एल्वम दर्शन नमस्ते ३ आईतबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि एल्वममा समावेश गरिएको किन यति धेरै माया गीतको भिडियो सहित बिमोचन गरिएको हो ।

देश तथा बिदेशका थुप्रै भाषाहरुमा आफ्नो आवाज दिईसकेका गायक राईको एल्वम दर्शन नमस्ते ३ उनका माता पिताकै हातबाट बिमोचन गरिएको थियो । बिन्धबासिनी म्युजिक कम्पनीले १५ लाखमा किनेको यो एल्बममा किन यति धेरै माया, दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, आयौ समिपै, कोही बिना, लाटो रिस लगाएतका ९ वटा गीत समबेश गरिएको छ ।

महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन र इन्दिरा जोशीको संगीत रहेको यो एल्बममा महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र केदार सुनुवारको शब्द रहेको छ ।

सार्वजनिक भएको गीत किन यति धेरै माया लाग्छ को भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने भिडियोमा कलाकार विल्सन बिक्रम राई, अरुणा कार्की र मोडल एलिशा राईको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन मा तयार भएको म्युजिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

एल्वमको पहिलो भिडियो सार्वजनिक गरेका गायक राईले आउँदो डिसेम्बरबाट एल्वमा अरु गीतको भिडियो पनि सार्वजनिक हुने जानकारी दिएका छन् ।

 

प्रतिक्रिया