अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

मोरङका प्रकाश थापालाई बचाउन अपिल – २ लाख ७१ हजार सहयोग संकलन 

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १३:३० मा प्रकाशित

 

दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका लागि देश विदेशबाट हालसम्म २ लाख ७१ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

पछिल्लो पटक स्थानीय वाल्मिकी बोर्डिङले ११ हजार ८ सय २० रुपैया प्रदान गरेको प्रकाशका छोरा अभिषेकले जनाउनु भएको छ ।

यस अघि ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ का साथै स्थानीय समाजसेवी भीमकुमार राई, यमुना विष्ट, सुरेश कार्की र दीपक बस्नेतको अगुवाईको पहलबाट ५७ जनाबाट ५८ हजार ३ सय ८५, शान्ति सामुदायिक वन समितिबाट ५० हजार, वन समिति सदस्यहरुबाट ५० हजार सहयोग प्रदान भएको थियो ।

सेवा निवृत्त राष्ट््सेवक हकहित समाज पथरीशनिश्चरे नगर कमिटीमार्फत ६४ जनाबाट ३१ हजार ८ सय ७१, आरती वहुउद्धेश्यीय सहकारीका शेयर सदस्यबाट १७ हजार ५ सय, वडा नम्बर १ का वडाध्यक्ष वावुराम एङ्देन सहितका वडा सदस्यहरुबाट ११ हजार रुपैयाँ संकलन गरी थापाको परिवारलाई हस्तान्तरण भएको थियो ।

अमेरिकामा रहेका पथरीशनिश्चरे ४ का भूपेश संग्रौलाले १० हजार, स्थानीय कन्तुर सहकारीले ९ हजार र शिखरचोकबाट ९ हजार र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङबाट ५ हजार सहयोग प्राप्त भएको अभिषेकले बताउनुभयो । उहाँले यो बेला मृगौला प्रत्यारोपणमा १५ लाख बढी रुपैयाँ खर्च हुने जनाउनु भएको छ ।

आर्थिक कठिनाइमा रहेका थापाको उपचारमा सहयोग जुटाउन स्थानीय युवाहरुले कम्प्युटर जोनका प्रमुख युवा व्यवसायी मनोज श्रेष्ठको संयोजकत्वमा ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ गठन गरेर सहयोग सकलन अभियान अघि बढाएका छन् ।

विपन्न परिवारका समाजसेवी थापाको ०७३ फागुनबाट दुवै मृगौलाले काम नगरेपछि काठमाडौंको वीर अस्पतालमा डाइलोसिस भइरहेको छ् । राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको सुरक्षा कर्मचारीका रुपमा कार्यरत उहाँ गत फागुनदेखि विरामी परेर आफ्नो जागिर समेत छोडिएको अवस्था छ ।

०७४ वैशाखदेखि परिवारै सहित काठमाडौंमा बसेर उपचार गराइरहेका छन् । निशुल्क डाइलोसिस भइरहेपनि साताको २ पटक डाइलोसिस गराउँदा रगत लगाउन, औषधि सेवन गर्न र खाना वस्न गरी मासिक ३० हजार रुपैयाँ खर्च हुने गरेको छ । आफ्नो उपचारमा हालसम्म ५ लाख वढी खर्च भइसकेको थापाले दुखेसो पोख्नुभयो ।

ऋणपान गरेर उपचार भइरहेको अवस्थामा मृगौला प्रत्यारोपणका लागि अझ समस्या भइरहेको छ । यसखाले अप्ठेरो परिस्थिती बुझेपछि नगरका युवाहरुले थापालाई वचाउने अभियानका लागि समिति गठन गरेर सहयोगका लागि सवैलाई आव्हान गरिएको संयोजक श्रेष्ठले जनाए । मृगौला प्रत्यारोपण गरेर पुरा आयु जीवन वाँच्ने थापाको अभिलासालाई साकार पार्न सहयोगी हातहरुको अत्यन्तै आवश्यकता परेकाले उनको पुकारलाई मनन् गर्दै देश र विदेशमा रहनेले सक्दो सहयोग पुर्याइदिन समितिले फेसवुक पेजमार्फत समेत अपील गरेको छ । जसका लागि उनकी श्रीमती अनिता थापाको नाममा राष्ट्रिय वाणिज्य बैंक ,पथरी शाखाको खाता नम्बर २५६०००२१६५१० मा समेत सहयोग गर्न समितिले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू