अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

चुनाव प्रचारमा खट्दा सडकमै बेहोस भएका नेता विमलेन्द्र निधि पुन: चुनावी प्रचार अभियानमा

बिआरटीनेपाल २०७४ भदौ ३० गते ८:४१ मा प्रकाशित

प्रदेश नं २ को उम्मेदवारी दर्ताको समयदेखि नै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि जनकपुरलाई मुकाम बनाएर कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन अहोरात्र खटिरहनुभएको छ । बढ्दो गर्मीमा निरन्तर खटिरहेका निधि विहिबार बिहान पार्टीले जनकपुरमा निकालेको रोड शो (सडक प्रदर्शन) मा पनि सक्रिय देखिनुभयो । स्थानीय गोपाल धर्मशालाबाट शुरु भएको रोड शोले जनकपुर नगर क्षेत्रको करिब ४ किलोमिटर भन्दा बढी परिक्रमा गरेको थियो ।

जनकपुरको चर्को गर्मीमा पनि सहभागी हुनुले पनि निधिको सक्रियतालाई प्रष्ट पारेको छ । नगररिक्रमापछि जनक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा निधि अचानक बेहोस हुनुभयो । र, उहाँलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरियो । केही दिन पूर्व उपचार गरेर स्थानीय चुनावमा होमिएका निधि डिहाइड्रेसनका कारण वेहोस भएको जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

बिहिबार केही बेर अस्पतालमा उपचार गराएर उहाँ घर फर्किनुभएको छ । उपचारपछि घर फर्कनुभएका नेता निधि छोेटो विश्रामपछि पुनः चुनावी अभियानमा सक्रिय हुनुभएको छ । उपचारपछि बिहिबार नै निधिले पार्टीका कार्यकर्ता, स्थानीय वुद्धिजीवी र विभिन्न क्षेत्रकार तदातासँग भेट गरी अन्तरक्रिया गरेका छन् ।

उहाँले भन्नुभयो, “म स्वस्थ्य छु र चुनावी अभियानमा सक्रिय छु । लगातारको खटाईले थकान भएको हो अरु केही भएको होइन ।”

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू