अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

निर्वाचनमा मधेसीले ब्यालेटलाई सदुपयोग गर्छ ः नेता महतो

बिआरटीनेपाल २०७४ भदौ २९ गते १३:३७ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेसी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा आज आयोजित सभामा उहाँले भन्नुभयो – ‘मधेसीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइने छ ।’

नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिँदै “ विगतमा ठुला तीन दल मधेसी जनतासँग मत लिएर उल्टै मधेसी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेसी जनताले सबक सिकाउनै पर्नेमा जोड दिनुभयो ।”

निर्वाचनलाई आफ्नो पार्टीले आन्दोलनकै रूपमा लिएको बताउँदै उहाँले मधेसको अधिकार, सम्मान र स्वाभिमानका लागि राजपाले जित्नैपर्ने जिकिर गर्नुभयो ।

सभामा राजपाकाबाट खडक नगरपालिकाका प्रमुखका उम्मेदवार नन्नुकुमार चौधरी र उपप्रमुखका उम्मेदवार पिंकीकुमारी साहले खडग नगरपालिका व्यापक सम्भावना बोकेको सहर भएकाले नगरक्षेत्रलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  तस्बिर: राजु विश्वकर्मा, लाहान, रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू