अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

‘नेपाल अफ्रिका फिल्म महोत्सव’ असोज २ बाट राजधानिमा

बिआरटीनेपाल २०७४ भदौ २८ गते १७:०५ मा प्रकाशित

आगामी २ असोजबाट ४ असोजसम्म काठमाडौंको आयोजना हुने‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’को तयारी सम्पन्न भएको आयोजक संस्था कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मकी प्रिन्सिपल एवं यस फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले जानकारी गराईन् ।

कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा आयोजना हनुे महोत्सबबारे बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा महोत्सब निर्देशक मिश्रले भनिन्,‘महोत्सबको तयारी पुरा भएको छ । महोत्सबमा सहभागी हुन यस पटक अफ्रिकी महाद्धिप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी आउँदैछन् ।’

महोत्सबमा १४ देशका नौं ओटा चलचित्र चयन भएको जानकारी गराउँदै उनले अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ भनेर हामीले ६ वर्ष अघिबाट यो महोत्सब सुरु गरेका हौं । जन्जिबार फिल्म फेस्टिबलसँगको सहकार्यमा हुँदै आएको यो महोत्सबले नेपाल र अफ्रिकी मुलुकको सम्बन्ध अब सरकारी क्षेत्रबाट पनि बिस्तार र निकट हुनुपर्छ भन्ने बारे जानकारी गराउँदै आएको छ ।’

यस पटक महोत्सबमा नौ ओटा चलचित्र प्रदर्शनी गरिँदैछ । जस मध्य एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल÷तान्जानिया÷भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ महोत्सबको पहिलो दिन २ असोजमा प्रदर्शनी गरिने महोत्सबको संयोजक आलोक तिवारीले जानकारी गराए ।

यस्तै ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सँयुक्त राज्य अमेरिका\चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को÷फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ रहेको छ ।
महोत्सबको अन्तम दिन युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ । नेपालबाट यस पटक डा. खाते मात्र चयन भएको हो । महोत्सबमा प्राप्त ६० भन्दा बढी चलचित्रबाट यी नौ ओटा चलचित्र चयन गरिएको महोत्सब संयोजक आलोक तिवारीले प्रकाश पारे ।
महोत्सब आयोजक तथा चलचित्र चयन समितिका निर्णायक डब्बु क्षत्रीले महोत्सब युवाहरुलाई लक्षित गरिएको कार्यक्रममा प्रकाश पारे । महोत्सबका लागि मुलधार भन्दा फरक र कलात्मक चलचित्र यस पटक चयन गरिएको जानकारी गराए ।

 

प्रतिक्रिया