अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

भुटानी शरणर्थीका कथा चलचित्र ‘देश खोज्दै जाँदा’को विशेष शो चितवनमा हुने

बिआरटीनेपाल २०७४ भदौ २८ गते १६:५२ मा प्रकाशित
आम दर्शकहरुको रोजाईमा रहेको चलचित्र देश खोज्दै जाँदाको चितवनमा विशेष शो गरिने भएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो ।
नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले विभिन्न नेपाली चलचित्रहरुका कलाकाहरुको साथमा प्रिमियर शो,विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रचार प्रसार एबम सामाजिक काममा समेत सहभागी हुँदै आएको हाउसले दर्शकको माग अनुसार विशेष शो गर्न लागेको हाउस अध्यक्ष हरी कार्की “लक्की”ले जानकारी दिए ।
चलचित्रको विशेष शो गर्नुभन्दा अगाडि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा रहेका ४० जना अनाथ बालिकाहरुको स्वास्थ परिक्षण गरिने कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिए । सो स्वास्थ परिक्षणमा आँखा,दाँत तथा मुख,नाक,कान घांटी,पेट, छाला रोग र जनरल स्वास्थ्य परिक्षण गरिने उनले वताए ।
प्रकाश आङदेम्बेको निर्देशन रहेकोे यस चलचित्रमा भुटानी शरणार्थीहरुको दुःख र नेपाल छोडेर तेस्रो मुलुक जाँदाको पीडालाई उतारिएको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया