अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

आर्थिक विकासको मेरुदण्ड घरेलु उद्योग हो – उद्योग मन्त्री थापा

बिआरटीनेपाल २०७४ भदौ २८ गते १२:३७ मा प्रकाशित

उद्योग मन्त्री सुनिल बहादुर थापाले लघु, घरेलु तथा साना उद्योगको विकास अहीलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमाडौद्धारा आयोजना गरिएको उपलव्धी समिक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा गोष्ठिको बुधवार उद्घाटन गर्नुहुदै मन्त्री थापाले आर्थिक विकासको मेरुदण्ड लघु,घरेलु तथा साना उद्योग रहेको बताउनुभएको हो ।

घरेलु तथा साना उद्योग नै ठुला उद्योगको आधार भएकोले देशमा यस्ता उद्योगहरुको प्रवद्र्धन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो निर्यातको ८० प्रतिशत घरेलु उद्योगवाट निर्यात हुने गरेको छ । ग्रामिण क्षेत्रका महिलालाई सीप र उद्यमी बनाउन घरेलु तथा साना उद्योग विकास समितिले ठुलो भुमिका खेलेको जिकिर मन्त्री थापाको छ ।

तिन दिने समिक्षा गोष्ठिवाट आएका सुझाव मन्त्रालयमा पेश गर्न समितिका उच्च अधिकारीलाई निर्देशन दिनुहुदै मन्त्री थापाले भन्न’भयो,‘त्यसलाई मन्त्रालयले कार्यान्वयन गर्ने छ ।

उद्योग सचिव शंकर प्रसाद कोईरालाले घरेलु तथा साना उद्योग विकास समितिद्धारा संचालन भएका कार्यक्रमहरु निकै प्रभाबकारी रहेको बताउनुभयो । संघिय संरचनामा कर्मचारी समायोजनको विषय उठान भईरहदा समिति अन्र्तगतका कर्मचारीको पनि बृत्ति विकास र सेवाको ग्यारेन्टी मन्त्रालयले गर्ने प्रतिवद्धता उद्योग सचिव कोईरालाको छ । मुलुकभरका स्थानिय तहमा उद्योग विकास शाखा खोल्न मन्त्रालयले आवश्यक गृहकार्य गरेको चर्चा गर्दै सचिव कोईरालाले भन्नुभयो,‘औद्योगिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्व छ ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले घरेलु तथा साना उद्योग विकास समितिद्धारा जिल्लामा संचालन भएका उद्योग प्रवद्र्धनात्मक कामहरु निकै प्रभाबकारी भएकाले यस समितिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । संघीयताको नाममा समितिलाई विस्थापन गरेमा त्यसको प्रतिकार महासंले देशव्यापी रुपमा गर्ने बताउदै अध्यक्ष गिरिले भन्नुभयो,‘अव समितिलाई ४८ जिल्लामा मात्र होईन ७५ रै जिल्लामा लैजानेगरी उद्योग मन्त्रालयले नितिगत रुपमा योजना बनाउन आवश्यक छ ।’

घरेलु तथा साना उद्योग विकास समिति संचालक समितिका अध्यक्ष दिपेन्द्र आचार्यले नेपालको आर्थिक विकासमा घरेलु तथा साना उद्योग विकास समितिको ऐतिहाँसिक पृष्ठभुमि रहेको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्र कुमार थापाले घरेलु समितिद्धारा संचालीत कार्यक्रमहरु लक्षीत वर्गसम्म पुगेको धारणा व्यक्त गर्नुभयो ।

एकिकृत कर्मचारी संघका अध्यक्ष मणिराम नेपालले समिति अन्तर्गका कर्मचारीलाई निजामति कर्मचारी सरह व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

समिति अन्र्तगतका ४८ जिल्लाका कार्यालय प्रमुख गोष्ठिमा सहभागि भएका छन् । सो गोष्ठी तिन दिनसम्म संचालन हुने छ । सो गोष्ठिमा गत आर्थिक वर्षमा संचालन भएका कार्यक्रमको विषयमा समिक्षा हुने र चालु आर्थिक वर्षमा संचालन गर्नुपर्ने कार्यक्रमको विषयमा व्यापक छलफल हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू