अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

बालअधिकार संरक्षणकर्ता सम्मानित

बिआरटीनेपाल २०७४ भदौ २८ गते ५:०८ मा प्रकाशित

काठमाडौँ महानगरपालिका–७ मा रहेको बालसंरक्षण तथा सम्बर्दन समितिले बालअधिकारको संरक्षण तथा सम्बर्दनमा उल्लेख्य योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्ति तथा अभियन्तालाई मङ्गलवार सम्मान गरेको छ ।

सम्मानित हुनेमा काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएममा कार्यरत पत्रकार रुपा शर्मा नेहा, महिला अध्ययन केन्द्रका अध्यक्ष सीता ओझा, बालअधिकारकर्मी मोहन थापा, मनोसामाजिक परामर्शकर्ता सुवासचन्द्र बडाल र ‘कपन बानेश्वर’ प्रथम साहित्यिक साप्ताहिकका प्रधानसम्पादक निबन्ध आचार्य हुनुहुन्छ ।

साहित्यकार रामप्रसाद ज्ञवालीले प्रत्येक वडामा बालबालिकामैत्री समाज निर्माण गरी उनीहरूलाई आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका भोलिको राष्ट्र निर्माणका कर्णधार भएको बताउँदै बालमैत्री कार्य सञ्चालन गर्न स्थानीय निकायका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले मुलुकमा स्थानीय पूर्वाधार विकास तथा निर्माणका साथै सामाजिक गतिविधिमा आफ्नो संस्था क्रियाशील रहेको बताउनुभयो । उहाँले अब केन्द्रीकृत शासन प्रणालीबाट मुलुक विकेन्द्रित शासन प्रणालीतिर अगाडि बढिरहेकाले भोलिका दिनमा बालबालिकाको पढ्ने अधिकारलाई सुरक्षित गर्न सामुदायिक विद्यालयसँग सहकार्य गरिने बताउनुभयो ।

सम्मानित पत्रकार शर्माले बालबालिकामाथि हुने हिंसालाई न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू