अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

महानगर प्रमुखका उम्मेदवार अजय द्विवेदीको घरदैलोमा अर्जुन नरसिँह केसी

बिआरटीनेपाल २०७४ भदौ २७ गते १४:५३ मा प्रकाशित

नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं २ को एकमात्र महानगरपालिका घोषित वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा उम्मेद्वारी दिनुभएका युवा नेता अजय द्विवेदीको पक्षमा जनमत जुटाउनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री अर्जुन नरसिँह केसी वीरगञ्ज आइपुग्नु भएको छ । वीरगञ्ज आइपुग्नु भएका के.सी त्यस लगत्तै घरदैलो तथा चुनावी सभाहरुमा सहभागी भैरहनुुभएको छ ।

केन्द्रीय सदस्य केसी सम्मिलित नेता तथा कार्यकर्ताहरुको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को रानीघाट, श्रीपुर लगायतका टोलहरुमा घरदैलो सम्पन्न गरेको छ ।

घरदैलोमा वीरगञ्ज महानगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार अजय द्विवेदी, नगरउपप्रमुख पदका उम्मेदवार शान्ति कार्की नेपाली काँग्रेसका नेता निदेश पन्त, मनोज साह, दिपेन्द्र चौहान, प्रकाश श्रेष्ठ, अर्विन्द गुप्ता, सुधीर पटेल महेश्वर लगायत नेपाली काँग्रेसका जिल्लास्तरीय नेता नथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू