अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

एसियन सभ्यता कमजोर हुँदा कोरियाली प्रायद्वीपमा द्वन्द्व

बिआरटीनेपाल २०७४ भदौ २६ गते १४:३१ मा प्रकाशित
एसियान सभ्यता संकटमा पर्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । एसियन सभ्यताको मुख्य रुप ग्रीस सभ्यता भएको र मानव जीवनको विकाससँगै यस पद्दति पनि विकास हुने आएको उनीहरुले बताएका छन् ।
सोमबार ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले राजधानीको संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरुले सो कुरा बताएका हुन् । डा. केबी रोकायले एसियन सभ्यता कमजोर भएकाले कोरियाली प्रायद्वीपमा युद्धको सम्भावना बढ्दै गएको बताए । युद्ध भएमा तेस्रो विश्वयुद्धलाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।
कार्यक्रममा डा. सुरेन्द्र केसीले धार्मिक मान्छेहरुले राम्रो उपादेश दिन नसक्दा धर्महरु कमजोर बन्दै गएको बताए । हिन्दू धर्मावलम्वीहरुको राज्य (हिन्दू राष्ट्र) कायम गर्नुपर्ने वकालत गर्दै आइरहेका राप्रपा अध्यक्ष कमल थापा धार्मिक मान्छे नभएको उनको भनाई छ । आफ्नै भाई गणेश थापा राज्यलाई ठग्ने अन्तर्राष्ट्रिय गिरोह भएको बताउँदै त्यसलाई सरकारमा रहँदा कमल थापाले कारवाही नगरेर उन्मुक्ति दिएकोले नेपालमा धर्मकै संकट परेको डा. केसीले बताए ।

त्यस्तै उनले आयल निगमका भ्रष्टचारी आरोपी महानिर्देशक गोपाल खड्कालाई जोगाउन भष्टचारका मुख्य जिम्मेवार पात्र दीपक बोहरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा मन्त्री बनाएर छानबिनको बाटोलाई समेत बन्द मन्त्री बनाएको आरोप लगाए ।

सँस्कृतविद् क्रिश्चियन धर्मवलम्वीहरुले नेपाली धर्म–सँस्कृति मात्र नभई नेपाललाई नै सिध्याउन काम गरिरहेकोले सचेत हुन आग्रह गरे । खस–क्षेत्री समाजका अध्यक्ष विष्णु खड्काले निधारमा लामो टीका लगाएर मात्र धर्म र सँस्कृतिको जगेर्ना गर्न नसकिने उल्लेख गर्दै गौतम बुद्धभन्दा पहिलेको धर्मको अध्ययन गर्नुपर्ने बताए ।
डा. शास्त्रदत्त पन्तले क्रिश्चियन धर्मको फैलावटका कारण नेपाली धर्महरु संकटमा पर्दै गएको बताए । क्रिश्चियनिटीहरुले नेपालका धर्म र सँस्कृति सिध्याउन लागिपरेको आरोप उनले लगाए । कार्यक्रमका सभापति समेत रहेका ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’का अध्यक्ष विष्णुराज पाण्डेले धार्मिक द्वन्द्वकै कारण भारत र पाकिस्तान देश बनेको बताए । नेपालमा धार्मिक द्वन्द्वको वातावरण टार्न राजनीतिक नेताहरुलाई सुझबुझ अपनाउन आग्रह गरे । एसियन सभ्यताको विकास गर्न सबै एकजुट हुनुपर्ने बताए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू